कला/साहित्य

मौसम बदले जस्तै ईमान बदल्ने रैछन

मौसम बदले जस्तै ईमान बदल्ने रैछन
स्वार्थ पुरा भएमा भागवान बदल्ने रैछन्
जती भए पनि नपुग्ने कस्तो अधिर भएका
लोभ मोहमा फसेर इन्शान बदल्ने रैछन
ओरालो लाग्न थालेका आफन्त नहुने आफ्नो
बैभब भई अन्धाे बेईमान बदल्ने रैछन
बालक रहुन्जेल सबै अाैलो समाती हिड्थे
आफ्नो गन्तब्य पाए शन्तान बदल्ने रैछन
वरिपरी थिए सबै आफ्ना परिवार मित्र बन्धु
समय खराब भएमा चिनजान बदल्ने रैछन

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *