कला/साहित्य

अनुत्तरित कस्तो सम्बन्ध ?

ठाकुरराम खड्का

समय अघुलनशिल छ
घुलनशिल त तिम्रो र हाम्राे सम्बन्ध
भन्थ्याै नि कहिल्यै घुल्दै घुल्दैन
ठुल्ठुला सुनामीले पनि हल्लाउन्न
खै सबैकुरा फजुल गफ नै रहेछन् ।।
जति साेच्छु उति डुब्छु
किन यस्तो हुन्छ
सम्बन्धकाे घनत्व मैमा मात्रै रहेछ।
त्याे अग्लाे जुगल हिमाल
अझै अग्लाे सगरमाथा
सबैलाई साक्षी राखी राखेकाे सम्बन्ध
खै कति फिक्का मसीले लेखिए झैं भएछ
कति मधुराे लेखिएछ
सस्तो इरेजरले पनि सजिलै मेटिने रहेछ ।।
याद हाेला नि त्याे घना अनि कठिन क्षणमा
सँगसँगै सम्बन्ध विकसित गरेकाे
नछुट्ने, सँगसँगै हुने कसम खाएकाे
विभिन्न देवीदेवता भाकी
बनस्पतिका काण्डहरु ताछी
भाैतिक दुरीहरु शुन्यमा झारी
अात्मियता अभिवृद्धि गरेको
क्षणिक अनि भावशुन्य पलमात्रै पाे रहेछ ।।।
प्रश्नहरु अनगिन्ती छन्
जवाफ चाहन्छ, चित्तबुझ्दैन
वेदना र पीडा सुनाउन
काेहि अाफ्नाे भेटिन्न
उत्तर खाेज्दैमा सकिन्छ कि कसाे हाे याे जीवन।।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *