कला/साहित्य

छुटेकाे माया, नछुटेकाे याद

ठाकुरराम खड्का

मायापिरिम म नि गर्थें, तिमी सिकाउथ्थौ
त्यस्तो धेरै जानेरनि जान्याछैन भन्थ्यौ ।

एक्युट एङ्गल अब्ट्युच एङ्गल यस्तो हुन्छ भन्थयौ
मल्टिपल र डिभाइडको नि मिठो कन्सेप्ट दिन्थ्यौ ।

जित्नु भन्दा हार ठिक हो भनिमात्र रन्थ्यौ
कल्ले जित्यो कल्ले हार्यो केइनि खुलाउन्नथ्यौ ।

छुटेपनि चिन्ता पिर गर्नुहुन्न भन्थ्यौ
भेटिन्जेल बेस्कन रमाउने हो भन्थ्यौ ।

छुटेपछि तिमीलाई बिर्सने हो भन्थ्यौ
भेज अनि नन्भेज भन्या यस्तै हो नि भन्थ्यौ ।

नजानेको अभिनय कत्ति गर्या भन्थ्यौ
नसिकेरै सिक्ने कला यही हो एउटा भन्थ्यौ ।

सिके मैले धेरै कुरा तिमीबाट भन्थ्यौ
अघि बढ्ने हौसला नि साह्रैधेरै दिन्थ्यौ ।

आजबाट सबैकुरा बन्द गर्ने भन्थ्यौ
अडानमा धेरैबेर टिक्न सक्तिनथ्यौ।

तिम्रैलागि अडान छोड्या भनिमात्ररन्थ्यौ
कार्यक्रममा म भन्दा नि तिमी रमाउथ्यौ ।

दिन बित्यो रात बित्यो के के बित्यो बित्यो
अजैसम्म तिम्रा याद मन मुटुमै रह्यो । ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *