समाचार

बीएनद्वारा अर्यालको ‘दिव्याञ्जली’ सार्वजनिक

काठमाडौं । सरोज अर्यालद्वारा लिखित पहिलो उपन्यास ‘दिव्याञ्जली’ सार्वजनिक गरिएको छ । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच दिव्याञ्जली लोकार्पण गरिएको हो ।
बीएन पुस्तक संसारद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार माया ठकुरीले पुस्तक सार्वजनिक गरेकी हुन् । प्रमुख अतिथि कथाकार ठकुरीले उपन्यासका लेखकलाई बधाई दिँदै यस पटकको उपन्यास प्रेम कथामा आधारित भएको र आगामी रचनाहरुमा देश प्रेमलाई पनि समेट्ने आशा लिएको बताईन् ।
कार्यक्रममा युवा साहित्यकार तथा समालोचक महेश पौड्यालले पुस्तकको समिक्षा गर्दै उपन्यासले प्रेमलाई छाडा नभई सभ्य ढंगबाट चित्रण गरिएकोले पुस्तक लुकेर पढ्न नपर्ने तथा युवा मनको ढुकढुकीलाई प्रतिविम्बित गर्ने खालको भएको बताएका थिए । बीएनका अध्यक्ष ठाकुर चापागाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सूर्य बीसी, खेमराज रेग्मी, खुमकान्त अर्याल, सरोज अर्याल लगायतले आफ्नो धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *