कार्यव्यस्तता सिर्जना प्रस्फूटनको बाधक होइन

रामचन्द्र ढकाल, गीतकार
नेपाल एकीकरणको समयदेखि नै चर्चामा रहेको गोरखा जिल्लाको हर्मिमा जन्मिएका रामचन्द्र ढकाल हाल काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा आर्थिक विभाग प्रमुख छन् । दैनिक जनजीविकासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा कार्यरत रहेकाले उनको कार्यव्यस्थता बढी नै हुने गर्छ । ढकाल कार्यव्यस्ताका माझ पनि आफ्नो अर्न्तरहृदय भित्र रहेको प्रतिभा गीत, कविता र गजलमार्फत उजागर गरिरहेका छन् । विरलै व्यक्तिमा हुने खुवी उनमा देखिन्छ । उनको पहिलो गीति संग्रह ‘कति म सम्झौ दशै र तिहार’ दर्शकले अत्यधिक मन पराएको गीत हो । उनलाई त्यस गीतलेखनमा उनकी धर्मपत्नी माया ढकालको पनि साथ छ । शब्द संयोजन र नेपाली समाजको वास्तविकतालाई गीत मार्फत चित्रित गरिएकोले पनि उनको यो गीत दर्शकको अत्यधिक रोजाइमा पर्न पुग्यो । गीतकार ढकाल पूर्व राष्ट्रपति डा.रामवरण यादबद्वारा शिखर सम्मानबाट सम्मानित भए । यसै गरि उनले नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको हात बाट एपिक अवार्ड पाए । उनै गीतकार ढकालसंग गरिएको कुराकानी :
तपार्इँलाई साहित्य लेखनमा कसरी अभिरुची जाग्यो ?
मेरो बचपनदेखि नै साहित्यमा विशेष रुची थियो । म कविता,गीत ३/४ कक्षामा पढ्दा देखिनै लेख्थे । ९/१० कक्षामा आइपुग्दा पढाइमा ध्यान बढी केन्द्रीत गर्नु परेका कारण साहित्य लेखनमा प्रयाप्त समय दिन सकिन । मैले कवित, गीत सानैदेखि लेख्थे तर, मेरा कृतिहरु बजारमा प्रकाशनमा भने आएका थिएनन् । मेरा रचना संग्रह गरेर राखेको थिए । केही अहिले बजारमा आएको छ केही आउने क्रममा छन् ।

कुन कुन विधामा कलम चलाउनु भएको छ ?

प्रायःसबै विधामा मैले कलम चलाएको छु । सुरुमा राष्ट्रिय गीत लेखेको थिए । त्यसपछि धार्मिक भजन लेखे । मेरा गीत,कवितमा नारी संवेदनालाई चित्रण गर्ने कोशिस गरेको छु । नारीहरुले गाउँ घरमा विहन देखि रातीसम्म ढिकी जातो मेला पात घास दाउरा, पनी पधेरो सम्मका काम गर्दा जुन खालको दुःख पीडा भोग्नु पर्थ्यो ति विषयवस्तुलाई समेटे मैले गीत,कविता र गजल लेखेको छु ।
अहिलेसम्म कतिवटा गीत बजारमा आएका छन् ?
मेरो पहिलो गीत ‘कति म सम्झौ दशै र तिहार’ बजारमा आएको छ । यो मेरो प्रकाशनमा आएको पहिलो गीत हो । गीतमा श्रीमान घर धान्न कमाईको लागि विदेशमा हुदा नारीले कस्तो पीडा भोगेका छन् र दशै तिहारमा श्रीमान घर नफर्कदा कस्तो मनोभावना हुन्छ भन्ने विषयलाई मेरो गीतले चित्रण गरेको छ ।

बजारमा आएको पहिलो गीतको रेस्पोन्स कस्तो पाउँनु भयो त ?
मेरो गीत दर्शक तथा श्रोताहरुले अत्याधिक मन पराउनु भएको छ । मैले यो गीतबाट राम्रो रेस्पोन्स पाएको छु । मेरो गीत सबै उमेर समुहको रोजाइमा परेको छ । गीतको शब्द चयनमा विशेष गरी माया पाएको छु । श्रोत तथा दर्शकबाट गीतको सबै पक्ष राम्रो र गीतले यथार्थ चित्रण गरेको छ भन्ने प्रतिक्रिया पाएको छु । यसबाट म थप उत्साहित भएको छु ।
अब कस्तो गीत बजारमा ल्याउदै हुनुहुन्छ ?
अहिलेको बजार लाई मध्यनजर गरेर अधुनिक गीत ल्याउने तयारी गरेको छु । जुन गीतलाई अहिलेका युवा पुस्ताले मन पराउछन् । अबको डेढ महिना भित्र बजारमा आउदै छ । मैले बजारमा ल्याउन लागेको गीतको बोल छ ‘डरायौ र हो कि करायौ नी तिमि’भन्ने छ । नेपाल प्रतिको माया स्नेह प्रकट हुने गीत पनि धेरै लेखेको छु । यसका अलवा धार्मिक भजन र विभिन्न संस्कृति रहनसहन, भेषभूषा र राष्ट्रियतालाई मैले आफ्नो साहित्य सिर्जनामा उजागर गरेको छु । सबै विधाका गीत,कविता र गजल प्रकाशनमा ल्याउने तयारीमा छु ।
तपाईंका गीतलाई कस्ता खालका दर्शक श्रोताले मन पराएका छन् ?
दशै तिहारको गीत भएकोले विदेशमा रहनु भएका नेपालीहरु, रोजगारीका लागि परदेशिएकाहरु नेपालमा संगीतको गहिराईमा डुब्न चाहाने आम नेपालीहरुबाट बढी रेस्पोन्स पाएको छु । सिर्जना सर्जकहरुबाट विशेष माया पाएको छु । उहाँहरुको मायाँले मेरो मनोवबल उच्च भएको छ । मेरो गीतलाईसत्य/स्वरुपराज आचार्यल अत्यन्तै मनपराउनु भयो । मेलिना राईले मेरो गीत गाउँनु भयो । अग्रज तथा अहिलेका गायक गाइकाहरुले पनि मन पराउनु भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनबाट सपोर्ट मिलेको थियो ।
तपाई कसको गीतबाट प्रभावित हुनुहुन्छ ?
विशेष गरी म सेन्टीमेन्टल गीत सुन्छु । मलाई नारायण गोपाल र अरुणा लामाका गीत असाध्यै मन पर्छ । पछिल्लो पुस्ताका अन्जु पन्तका,मेलिना लाई र पूर्णिमा लामाले गाएको गीत मन पर्छ । उहाँहरुबाटै प्रभावित छु ।
साहित्य सिर्जनामा कोबाट प्रभावित हुनु भयो ?
म भानुभक्तिय रामयाण र लक्ष्मीप्रसाद देवकोटाका रचना पढेर साहित्य सिर्जना आकर्षित भएको हु । छन्दमा लेखिएका कविताहरु पढ्थे ।
तपाईं सरकारी सेवामा कार्यरत हनु हुन्छ, अफिस र घर परिवारको व्यस्तताबीच समयको म्यानेज कसरी गर्नु हुन्छ ?
यो प्रश्न मलाई धेरैले गर्छन् । आफ्नो इच्छाको क्षेत्र भएकोले विहानको समय साहित्य सिर्जना गर्ने गर्छु । तत्काल घटेका घटनाको रिजल्टमा आधारित भएर साहित्य सिर्जन गर्छु । हिड्दा डुल्दा देखेको प्रतिक्रिया स्वरुप सिर्जना गर्छु । म संग कलम र डायरी हुने गर्छ । हातमा भएको डायरीमा शब्द सम्झने वित्तिकै नोट गर्ने गर्छु । बाटो हिड्दा सम्झेका शब्दलाई तुरुन्त नोट गर्ने मेरो बानी छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *