समाचार

सांस्कृतिक संघले राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले जिल्ला सभापतिहरुको भेला आयोजना गर्ने भएको छ । फागुन १० र ११ गते संघले ७७ जिल्लाका सभापतिहरुको भेला नवलपरासीमा आयोजना गर्न लागेको हो । सभापति भेलाबाट शसक्त संघ बनाउन रचनात्मक एवं आलोचनात्मक सल्लाह र सुझाव प्राप्त हुने विश्वस लिइएको छ ।
संघले सातै प्रदेशमा बृहत सांस्कृतिक आमसभा गर्ने र त्यस लगत्तै ७७ वटै जिल्लामा सांस्कृतिक सभा समेत गर्ने निर्णय गरेको छ । वैठकले नेपाल सांस्कृतिक संघलाई पार्टीको भ्रातृ संस्थाको मान्यता दिन मातृ पार्टी नेपाली कांग्रेसलाई अनुरोध गरेको जानकारी संघका वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्यले दिए ।
नेपाली कांग्रेस सरकारका अधिनायकवादी र निरंकुश चरित्रका विरुद्ध संसद,सडकमा कडा रुपमा प्रस्तुत भएकै बेला कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरु एक साथ देशव्यापी रुपमा सरकारको विरोधमा उत्रिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *