समाचार

फिल्म ‘क्याप्टेन’ र ‘दी ब्रेकअप’ अाज रिलिज हुँदै

काठमाडौं । आज शुक्रबार राजधानीका हलमा क्याप्टेन र दी ब्रेकअप फिल्म रिलिज भएको छ । क्याप्टेन फिल्ममा नायक अनमोल केसीको एक फुटबलरको भुमिकामा देखा पर्नेछन् । फिल्ममा अनमोलले जिल्लास्तरीय हुँदै राष्ट्रिय फुटबल टिमको क्याप्टेन बन्दाको संघर्षलाई उतार्ने प्रयत्न गरेका छन् ।
कलाकार भुवन केसीले निर्माण गरेको फिल्ममा सामिप्यराज तिमल्सिनाको कथालाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । फिल्ममा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरीलगायतका कलाकारको अभिनय छ ।
प्रेममा आधारित फिल्म दी ब्रेकअप पनि आजै रिलिज भएको छ । हेमराज बिसीले निर्देशन गरेको फिल्म दी ब्रेकअपमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की र सरोज खनाल लगायतका कलाकारको अभिनय छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *