ताजा समाचार

जुकर्बर्गलाई उछिन्दै काइली जेनर बनिन विश्वकै कान्छि अर्बपति

काठमाडौं । अमेरिकाकी युवा उद्यमी काइली जेनर अहिलेसम्मकै विश्वकी सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । रहेकी २१ वर्षीया जेनरले शृङ्गारका सामानको व्यवसायबाट अर्वपतिको सूचीमा परेकी छन् ।
चर्चित कार्ड्याशियन परिवारकी सदस्य समेत रहेकी उनी फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचीमा पर्ने भाग्यमानी बनिन् । एक्काइस वर्षमै अर्बपतिको सूचीमा परेकी उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि पछि पारेकी छन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।
उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *