खेलकुद

यू-२३ च्याम्पियनसिप छनोटबाट नेपाल बाहिरियो

काठमाडौं । कतारमा जारी एएफसी यू २३ च्याम्पियनसिप छनोटबाट नेपाल बाहिरिएको छ । लगातार दोस्रो हार व्यहोर्दै नेपाल च्याम्पियनसिप छनोटबाट पनि बाहिरिएको हो ।

आइतबार भएको खेलमा नेपाल आयोजक कतारसंग ५ – ० को फराकिलो अन्तरले पराजित भयो । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा कतारलाई जित दिलाउन कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले २र२ गोल गरे भने एक गोल उपहारमा पायो । खेलको ६० औं मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गरे ।

कतारले गोलको पहिलाे गाेल पेनाल्टीबाट गर्यो । खेलको २५ औं मिनेटमा नेपालका डिफेन्डर अनन्त तामाङका कतारका खेलाडीलाई डिबक्स भित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो । जसमा अब्दुल्लाहले सहजै गोल गरे ।
बलियो कतार अघि नेपालको प्रदर्शन फितलो सावित भयो र गोलकिपर अर्पण कार्कीकाे प्रदर्शन सन्तोषजनक देखिएन ।

नेपालले दुबै खेल हार्दै अंक विहिन भयो । अब नेपालले अन्तिम खेलमा मंगलबार अफगानिस्तानसंग खेल्नेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १-० गोल अन्तरले पराजित भएको थियो ।
जारी छनोट खेलमा कतारको सम्भावना बलियो देखिएको छ । कतारले २ खेलबाट ६ अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *