रिबन

२०७२ बैशाख १२ को महाभुकम्प २० आणविक भट्टि विस्फोट बराबर शक्तिशाली

काठमाडौ । महाभुकम्पले मुलुकमा ठूलो क्षति पुर्‍याएको दिन आज अर्थात वैशाख १२ गते । २०७२ साल बैसाख १२ गते शनिबार नेपालको समय अनुसार ११ः५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व दक्षिणपूर्व गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प जाँदा ७ हजार ९ सय ४१ जनाको ज्यान गएको थियो । भुकम्प मापन केन्द्रका अनुसार १५ किमी माइल गहिराईमा गएको थियो । विंस. १९९० पछि नेपालका आएको यो सबैभन्दा ठूलो भुकम्प थियो ।
विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो । भूकम्पले नेपालसँगै भारत, चिन र बङ्गलादेशमा पनि क्षति पुर्‍याएको थियो । भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए । अहिले ती पुर्ननिर्माणको क्रममा छन् । वसन्तपुर दरवार क्षेत्र निकै प्रभावित भएको थियो भने भूकम्पले राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको थियो ।
२०७२ साल बैशाख १२ गते नेपालमा आएको सो भुकम्पको धक्का २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो भन्ने अनुमान लगाइएको छ । भूकम्पका कारण विश्वका १० पर्यटकीय उपत्यका मध्येको लाङटाङ उपत्यका हिउँ पहिरोमा पुरिएको थियो । यो भुकम्पले केवल घर जमिन मात्र हल्लाएको थिएन सम्पुर्ण नेपालीको मन मुटु पनि हल्लाएको थियो ।
भूकम्पका कारण १० हजार ८ सय ३ सरकारी घरहरु तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ३४ घर तथा भवनहरु क्षति भएका छन् । सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरु पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन् ।
त्यस्तै बैशाख २९ गते गते गएको अर्को ६.९ को पराकम्पले पनि सामान्य बन्दै गएको जनजिवन पनि फेरि त्रसित भएको थियो । ०४५ भदौ ५ गते बिहान पौने पाँच बजे नेपालमा भूकम्प गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का पुरै नेपाल भर महसुस गरिएको थियो । ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करीब ७ सय ५० जना मानिसले ज्यान गुमाएका थिए भने छ हजार ५ सय भन्दा बढी घर ध्वस्त भएका थिए ।
१९९० सालमा गएको भुकम्पबाट करिब १६ हजार मानिसको ज्यान गएको थियो । (विपीडियाको सहयोगमा)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट