संघीय संसदको संयुक्त वैठक सुरु,राष्ट्रपति भण्डारीद्वारा नीति तथा कार्यक्रम प्रस्तुत हुदै (LIVE)

काठमाडौं । सरकारको सफलता र असफलता संगै मुलुकको संमृद्धिको सूचकका रुपमा सरकारको नीति तथा कार्यक्रमलाई हेरिने गरिन्छ ।

नीति तथा कार्यक्रल समेटेका जनजीविकाका विषय,सार्वजनिक हित, मुलुकको दूरगामी हितका विषय र यसको कार्यान्वयनको पक्षलाई हेरेर लोकप्रियता वा अलोकप्रियताको मापनका आधार बनाइन्छ ।

नेपालमा दुई तिहाइको शक्तिशाली सरकारले शासन सत्ताको बागडोर सम्हालेको छ । त्यही सरकारले आज आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तु गर्दैछ ।

यो ओली नेतृत्वको दुई तिहाइको सरकारले सार्वजनिक गरेको दोश्रो नीति तथा कार्यक्रम हो । त्यसका लागि संसद सचिवालयले ४ वजे संघीय संसदको संयुक्त वैठक बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संसद भवनमा राष्ट्रपति उपस्थित हुने भएकाले संसद भवन बानेश्वरको स्वरुप फेरिएको छ ।
ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था निराशाजनक छ ।

अघिल्लो वर्षको नीति तथा कार्यक्रमा कार्यान्वयनको स्पिड हेर्दा दुई तिहाइको सरकारले हाकेको संमृद्धिको रथ आधा बाटोमा पुगेर थन्किए जस्तै छ ।

अधिकांश महत्वकांक्षी योजना कार्यान्वयनको चरणमै विवादित बनेका छन् । भने कतिपय कार्यक्रम लोकप्रियताका लागि मात्र ल्याइएको भएकाले ति कार्यक्रम कसरी सुरु गर्ने र कहाँ पुर्‍याएर टुंग्याउने भन्ने आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा समेत स्पष्ट हुन सकेको छैन ।
आजै प्रतिनिधि सभको वैठक साझ ६ बजे वस्ने तय भएको छ । प्रतिनिधि सभाको चौथो अधिवेशन २०७२ वैषख ९ गतेबाट सुरु भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *