अर्थमन्त्री डा.युवराज खतिवडाद्वरा आर्थिक वर्ष २०७६/०७७ को बजेट सङ्घीय संसद्मा प्रस्तुत

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाद्वरा आगमी आर्थिक वर्ष २०७६/०७७ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्ने क्रम जारी छ । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्थालाई आत्मसाथ गर्दै अर्थमन्त्री डा. खतिवडाले संयुक्त बैठकमा बजेट पेस गरेका हुन् ।

दुई तिहाई बहुमत सहित निर्वाचित नेकपा नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गरेको हो । पहिलो वजेट कार्यान्वयनमा चुकेको सरकारको लोकप्रियता खस्केको छ । आर्थिक वर्ष सकिन लाग्दा समेत सरकारले करिव ६० प्रतिशत वजेट खर्च गर्न सकेको छैन । पूँजीगत खर्चको अवस्था यति कमजोर कमजोर किन भयो ? केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म वजेट कार्यान्वयनको अवस्था कमजोर छ । धरातलीय यार्थथतालाई बुझेर वजेट विनियोजन गर्न अर्थमन्त्री चुकेका कारण सरकार अलोकप्रिय भएको एक सार्वजनिक कार्यक्रममा प्रचण्डले आरोप समेत लगाए । वितरणमुखी वजेट ल्याउने तयारीमा रहेका अर्थमन्त्री डा. खतिवडाले आलोचनाको भरी विसाउलान कि थप अलोकप्रिय भएर दुई वर्षे अर्थमन्त्रीको कार्यकाल विताएर घर फर्केलान त्यो भने हेर्न बाँकी छ ।
बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ ।

करीब रु १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको छ । चालू आवका लागि रु १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको थियो ।

Share
  • 27
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *