समाचार

बलिउडमा कमब्याक गर्न तयार तनुश्री

मुम्बई –तनुश्री दत्ता बलिउडमा मीटु अभियानको सुरुवात गर्ने अभिनेत्री हुन् । लामो समयदेखि बलिउड फिल्म अभिनय भन्दा बाहिर रहेकी यी अभिनेत्री फेरि बलिउडमा कमब्याक गर्दैछिन् । जसको लागि उनले वर्क आउट पनि सुरु गरिसकेकी छन् ।

समाचारका अनुसार उनलाई अहिले पनि हिन्दी फिल्मको अफर मिलिरहेको छ । तर कमब्याकका लागि उनी दमदार फिल्मको पर्खाइमा छिन् ।

पछिल्लो एक बर्षयता महिला हिम्सा रोक्न कलाकारले थुप्रै काम गरे । सो काममा पनि तनुश्रीसँगै छिन् ।

तनुश्रीले बलिउडका बरिष्ठ अभिनेता नाना पाटेकरबाट फिल्म ‘हर्न ओके प्लीज’ सुटिङको दौरानमा यौन उत्पिडति हुनु परेको आरोप लगाएकी थिइन् ।सोह िक्रममा उनले मिडियाका अगाडि ठुला ठुला रहस्य पनि राखेकी थिइन् ।
तर पुलिस अधिकारीको अनुसन्धानबाट भने यो पुष्टि हुन सकेन ।

तनुश्री पछि बलिउडका कयौ अभिनेत्रीले बरिष्ट हस्तीहरुलाई यो आरोप लगाएका थिए । तर यो त्यसै सेलायो ।(एजेन्सी)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *