समाचार

गायक सिताराम पोखरेल थाइल्याण्डमा सम्मानित

काठमाडौं । बरिष्ठ गायक सिताराम पोखरेल ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट सम्मानित भएका छन् । वल्ड वाइड मिडिया इन्टरनेशनलद्धारा हालै थाइल्याण्डमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थताका सभापति आरके श्रेष्ठ लगायतले पोखरेलाई खादा तथा सम्मान पत्रद्धारा सम्मानित गरेका थिए । नेपाली गीत संगीतलाई राष्ट्रिय तथा अन्तारष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनिय योगदान पुर्याएका पोखरेलको उक्त योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

बिगत ३ दशकदेखि गायनमा सक्रिय पोखरेलका दजनौ गीत संगीतले सांगीतिक आकाशमा शिखर चुमेका छन् । उनका गीतसंगीतमा नेपालका कलासंस्कृतिका अलवा नेपालीपन समेत रहने गर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *