कांग्रेस वाहेकका दलमा बहुअध्यक्ष,पदकाे लाेभले पार्टीहरू अध्यक्षले भरिए

काठमाण्डाैं। देशकै ठुलाे दल नेकपामा दुइ जना अध्यक्ष छन।शनिवार मध्यरातमा एक भएकाे राप्रपामा अब तीन जना अध्यक्ष हुने भएका छन।विभिन्न ६ वटा  घटक मिलेर बनेकाे मधेशी दल राजपामा ६ जना अध्यक्ष छन भने अर्काे मधेशी दल समाजवादीमा २ जना अध्यक्ष छन।

यस हिसावले हेर्ने हाे भने एक जना मात्र अध्यक्ष वा सभापति भएकाे ठूलाे दल नेपाली कांग्रेस मात्र भएकाे छ । उसकाे महाधिवेशन भएकाे ४ बर्ष पुरा भयाे र अर्काे महाधिवेशनकाे रन्काेले उसलाई छाेइसकेकाे छ । तर,अन्य दलमा भने एकता हुने र अर्काे महाधिवेशन नगर्ने बरू धेरै अध्यक्षले पार्टी चलाउने नयाँ राेग देखा परेकाे छ।

दुइ बर्ष अघि एक भएकाे नेकपा हाेस वा शनिवार मध्यरातमा एक भएकाे राप्रपा नै किन नहाेस-त्यहाँ धेरै अध्यक्ष रहेका छन।हुनपनि नेकपामा २,राप्रपामा ३ र राजपामा ६ जना अध्यक्ष छन।

याे सवैकाे पछाडिकाे कारण के हाे त ? बडा राेचक लाग्ने याे घटनाकाे सुक्षम विश्लेषण गर्ने हाे भने नेताहरूमा पद प्रतिकाे लाेभ नै देखिन्छ।काेही पनि सम्झाैता गर्न वा पद त्याग गर्न पछि नहटने र पदमा टाँसिरहने लाेभले दलहरू बहुपदबाट बहुअध्यक्षमा पुगेका छन।यसले नेता कति लाेभी छन भन्ने देखाउँछ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *