इटालीमा काेराेनाबाट मर्नेकाे दर घट्याे

एजेन्सी । इटालीमा कोरोनाभाइरस महामारीको कारण भएकाे मृत्युको दर शनिबारको तुलनामा आइतबार कम भएको छ । आइतबार ६५१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै त्यहाँ कोभिड १९ बाट मर्नेको संख्या ५ हजार चार सय ७६ पुगेको छ ।
अधिकारीहरूका अनुसार आइतवार १३.५ प्रतिशतले बृद्धि हो । तर आइताबारको तुलनामा कम हो । आइतबार एकैदिन ७९३ जनाको मृत्यु भएको थियो ।
सिभिल प्रोटेक्शन एजेन्सीका अनुसार इटालीमा कोरोना संंक्रमितमको सख्या ५३ हजार ५७८ बाट बढेर आइतबार ५९ हजार १३८ पुगेको छ ।
इटालीमा फेब्रुअरी २१ मा कोरोना संक्रामित भेटिएपछिको सबैभन्दा कम दरमा वृद्धि भएको छ।

देशभर आइतबार ७ हजार २४ जना पुर्ण स्वस्थ भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावितलोम्बार्डीको उत्तरी क्षेत्र भने संकटग्रस्त स्थितिमा छ । मृत्यु भएका मध्ये तीन हजार चार सय ५६ जनाको यसै क्षेत्रका हुन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *