दैनिक उपभोग्य बस्तुको भण्डारण पर्याप्त

काठमाडौं । आज राजधानीबाट प्रकाशित सबै पत्रपत्रिकामा कोरोनाका महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयबारे प्रमुख समाचारहरु छन् । सरकारले दुबै छिमेकि राष्ट्रसँगको सीमा नाका बन्द गरेको छ ।

सबै सीमा नाका एक साताको लागि बन्द शिर्षकमा कान्तिपुरले ब्यानर समाचार लेखेको छ । यो समाचारलाई अन्नपूर्ण पोस्ट्ले पनि छापेको छ भने तनाव नलिई आन्तरिक शक्ति बढाएर कोरोना विरुद्ध लड्ने सुझाव पनि अन्नपूर्ण पोस्ट्ले दिएको छ ।
वीरगन्जका एक व्यापारीमा कोरोना संक्रमण भएको आशंका गरिएका खबर सबै पत्रिकामा छ। भारतकाृ पटना अस्पतालमा उपचाररत उक्त व्यापारीमा कोरोना देखिएको समाचारहरु आएपनि अस्पतालले भने पूर्ण रिपोर्ट नआइसकेको बताएको छ ।
कारोबार दैनिकले मुख्य समाचारमा दैनिक उपभोग्य बस्तुको भण्डारण पर्याप्त रहेको समाचार लेखेको छ । त्यस्तै सेयर बजार आजबाट एक साता बन्द भएको अर्को समाचार पनि कारोबार दैनिकले पहिलो पृष्ठमा छापेको छ । लगातार ओरोलो लागेको सेयर बजार एक साता पूर्ण रुपमा बन्द गरिने निर्णय भएको होे ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *