चीनबाट मास्क र कीट ल्याइदै

आज रुाजधानीबाट प्रकाशित सबै पत्रपत्रिकाहरुमा देशभर लागु भएको लकडाउन बारे केन्द्रित भएर मुख्य समाचार लेखिएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमबाट जोगिन सरकारले देशभर लकडाउन गरी मानिसहरुलाई घर बाहिर निस्कन एक सातासम्म बन्देज लगाउने निर्णय गरेको छ । चैत ११ गते मंगलबारदेखि १८ गतेसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइँदैन ।

सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
नयाँ पत्रिकाले ‘अग्निपरीक्षामा देश’ शीर्षकको मुख्य समाचार लेखेको छ । समाचार अनुसार कोरोना भाइरसको महामारीविरुद्धक विश्वका १९४ देशसँगै नेपाल पनि होमिएको छ । ‘भूकम्प र नाकाबन्दी बेहोरेको नेपाल अभूतपूर्व परीक्षामा छ ।’

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *