सुनकोसीले उपत्यकामा अलपत्र परेका पालिकाका नागरिकलाई घर लग्यो

काठमाडौं।लकडाउन लम्बिएसंगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बडेको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेको एक पहिना पुगेको छ ।

लकडाउन तत्काल खुल्ने शंकेत नपाएपछि अलपत्र परेका आफ्नो ठाउँका जनतालाई स्थानीय तहले सवारीसाधनको व्यवस्था गरेर घर लान थालेका छन । यसक्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले पनि आफ्ना जनतालाई बुधवार कोटेश्वरबाट गाउँ लगेको छ । पालिका प्रमुख श्रवण कुमार जिसी (विनोद)को पहलमा उपत्यकामा अलपत्र परेका सुनकोसीको जनतालाई घर लगेको हो ।

अलपत्र परेका आफ्ना नागरिकलाई घरलाने क्रममा प्रशासनले रोक्न खोजेको थियो । निकै पहल गरेपछि मात्र हामी सफल भयौं अध्यक्ष जिसीले संकल्प खवरसंग भने । लकडाउनका कारण उपत्यकामा अलपत्र परेका आफ्ना जनतालाई गाउँ पठाउन जिसीसंगै सुनकोसी गाउँपालिकाका वडा नम्बर ६ र २ का वाडाध्यक्ष द्वय रामकुमार थापा र पूर्णबहादुर महत खटेका थिए ।

Share

One Reply to “सुनकोसीले उपत्यकामा अलपत्र परेका पालिकाका नागरिकलाई घर लग्यो”

  1. उत्कृष्ट कार्य। जनप्रतिनिधि सदैब जनताको अभिबावक हुनु पर्छ त्यो भुमिका अध्यक्ष ज्यु लगायत Team ले गर्न सफल भएकोछ।
    हार्दिक शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *