पूर्वप्रधानमन्त्री भट्टराईले भने ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ

काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन । मन्त्रिपरिषद वैठकले सोमवार ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेपछि भट्टराईले ट्रवीटमार्फत सो प्रतिक्रिया दिएका हुन ।

पूर्वप्रधानमन्त्री भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका ओली अध्यादेश फिर्ता लिन बाध्य भएको टिप्पणी गरेका छन । यस वीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध नलुक्ने उनले बताएका छन ।यसबीचमा भएका गम्भीर अपराधको छानबीन र कार्वाही गर्न उनले माग गरेका छन ।
पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *