कोभीड-१९ ले उब्जाएको अनलाईन शिक्षा बहस

चीनको उहानबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाईरसले विश्व समूदायलाई आक्रान्त पारीरहेको छ भने निकट भविष्यमै यसको निदान हुने कुनै प्रभावकारी संकेत समेत देखा परेको छैन । यस्तो अवस्थामा भौतिक दूरी एक अचुक उपायको रुपमा रहेको विश्व स्वास्थ संगठनले समेत जनाईसकेको जगजाहेर छ । यही पृष्ठभूमिमा नेपाल सरकारले समेत कोरोना रोकथामका निम्ति चैत्र ११ गते बाट लागू हुने गरी बन्दाबन्दी को उपाय अपनाई रहेको र सम्पूर्ण नेपालीहरुलाई आ-आफ्नो थलोमा यथास्थितिमा बस्न आग्रह गरेको स्थितिमा अधिकांश नेपालीहरु घरमै बस्न बाध्य छन् ।

कोरोना कहरसंगै विश्वभर शैक्षिक गतिबिधि ठप्प छ। यसले अभिभावकहरुमा आफ्ना बालबालिकाको शैक्षीक गतीबिधि प्रति अन्योल र चिन्ता समेत बढाएको छ । विस्तारै लकडाउन खुकुले भएतापनि कोभीड संगको लडाई लड्न भौतिक दूरीको अनुशासन केही समय अझै पालना गर्नुपर्ने कुरामा अब शंका नहोला । शैक्षिक सस्था, जहा धेरै विधार्थी एकीकृत भई कक्षा कोठामा सीमित दूरीका बीच शिक्षा लिने गर्दछन केही समय थप बन्द हुनसक्ने अनुमान लाउन सकीन्छ ।

लकडाउनको पहीलो हप्ता बिदाको अनुभूती भएतापनी समयसंगै बिधार्थीहरुमा पठनपाठन र सामाजिक कार्य गर्न नपाउदा मानशिक समस्या समेत उत्पन्न हुने खतरा रहेको जानकारहरु बताउछन । तसर्थ विधार्थीहरुलाई शैक्षीक गतिबिधीमा संलग्न गर्न अपरिहार्य छ । त्यसो भए अबको बाटो के हुन सक्ला ?  अनलाईन वा दूरशिक्षा सम्बन्धी बहस पनि जरुरी भैसकेको छ । शहरकेन्द्रीत केही शैक्षीक संस्थाले प्रविधिको प्रयोग गरी अनलाईन शिक्षण विधि अपनाउन शुरु गरेका छन् । त्रिभूवन विश्वविध्यालयले पनि कार्यविधीनै तयार गरी अनलाईन शैक्षीक गतिबिधी गर्न थालेको छ । के अहीले अवलम्बन गरीएको अनलाईन शिक्षण बिधिले हाम्रा बिधार्थीबाट सर्वश्रेष्ठ नतिजा दिन सक्ला त ? यस प्रणालीमा आबद्द हुन नसक्ने विधार्थी पंक्तिलाई यसमा कसरी समेट्न सकिन्छ ?

अनलाईन शिक्षण बिधि आफैमा नौलो नभएतापनि यसको प्रयोग र चर्चा भने कोरोना कालअवस्थामा बढी भएको पाईएको छ । बेलायत जस्तै थुप्रै पश्चिमी मुलुकहरुले लकडाउनकै अबस्थामा समेत यथष्ट आईटी पूर्वाधआर भएकै कारण शैक्षीक गतिबिधी निर्वाध रुपमा चलाईलरहेका छन । नेपालमा भने यसको शुरुवात स्वागत योग्य रहेको तर यससंग सम्बन्धित निम्न चुनैती देखीएको छ ।

  • शिक्षकहरु प्रविधिमैत्री हुन नसक्दा विधार्थीहरु अनलाईन शिक्षण बिधिबाट बञ्चित हुनु पर्ने देखिन्छ ।
  • निजी र सामूदायीक विधालयमा आईटी पूर्वाधार र पठनपाठन भिन्नताले गर्दा सामुदायीक बिधालयका बिधार्थी बढी मारमा पर्ने देखीन्छ ।
  • नेपालमा गतिशिल ईन्टरनेटमा सबैको पहुंच हुन नसक्नुले अनलाईन गतिबिधिमा अवरोध हुन जानेछ ।
  • तत्कालनै सबै बिधाका बिधार्थीहरुलाई सफ्टवेर प्रणालीमा अभ्यस्त गराउन कठीन रहेको छ ।
  • कक्षाकोठामा हुने बिधार्थी अनुशाशनलाई भर्चुअल दुनियामा उतार्न असहज हुन्छ ।
  • अभिभावकलाई आफ्ना बालबालिकाको पठनपाठन कृयाकलापमा अनलाईनबाटनै समेट्न असमर्थ हुनु ।
  • यसले समाजमा डिजीटल डिभाईड (प्रविधी जान्ने र नजान्ने बिचको अन्तर) बढेर जाने खतरा समेत सृजना गरेको छ ।
  • अहीलेनै सबै चुनौती समाधान गरी अघि बढ्न नसकीएला । तर, हामी भबिष्य केन्द्रीत हुन जरुरी छ ।

दीर्घकालिन उपाय के हुन त ?

कोरोना त एकदिन अवश्य मत्थर भएर जानेछ । के अर्को कुनै महामारी नहुने ग्यारेन्टी छ ?  तर हामीले अनलाईन शिक्षा त्यसपश्चात छाडीदिने हो र ? होईन ! यसमा रहेका चुनैति र समस्यालाई हामीले परिष्कृत गर्दै अघि बढ्नुमै नेपाली  विधार्थी र समग्र समाज फाईदा हुनेछ ।

पूर्वाधार विकास

दूरसंचार प्राधिकरणको तथ्यांक अनुसार ईन्टरनेट पहुच ६५ प्रतिशतसंग रहेको छ । यसमा बिधार्थीको पहुच बृद्दी गर्दे लानु पर्ने हुन्छ । डाटामा लाग्ने प्रति Mb लागतलाई समेत केही न्यूनिकरण गर्नुपर्दछ जसले गर्दा प्रयोगकर्ताको घेरा बढाउन मद्दत गर्दछ ।

प्रविधिमैत्री अनुशिक्षण

नेपालमा माध्यामिक तहदेखी उच्च माधयामिक तहंसम्म कूल शिक्षक ३,२५,५१९ (स्रोत फ्लास रिपोर्ट शिक्षा विभाग – २०१८) छन् । हाम्रा शिक्षक शिक्षिकालाई प्रविधीमैत्री बनाउनु पर्दछ र शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्न जरुरी हुन्छ । शैक्षिक सस्थाहरुले भविष्यको कहरलाई समेत मध्यनगर गरी अनलाई प्रविधिमा प्रयोगात्मक हुन अग्रसर हुनुपर्छ । यसरीनै हामीले आईटी पढेका बिधार्थीहरुलाई ईन्टरन्सिप गराई नेपालभर प्रविधीमैत्री समाज निर्माण र यसको सुरक्षीत प्रयोग सम्बन्धी जानकारी दिन सक्दछौ ।

बिधिको बिकास

सरकारले शिक्षामा आईसीटी सम्बन्धी माष्टर प्लान (२०१३ देखी लगातार) तर्जुमा गरेतापनि कार्यान्वयान फितलो देखिएको छ । माध्यामीक शिक्षा स्थानीय तहले हेर्ने हाम्रो संघीय प्रणालीको ब्यवस्था भएको हुनाले स्थानीय सरकारलाई उक्त माष्टर प्लान कार्यान्वयन गर्न अभिप्रेरित गर्नु पर्दछ ।

   बैकल्पिक मूल्यांकन बिधिको अवधारणा

अनलाईन शिक्षण बिधि भर्चुअल हुने हुनाले  यथास्थीतीको बिधिबाट बिधार्थीको पठनपाठन सम्बन्धी मूल्यांकन नहुने हुनाले यस तर्फ समेत बहस गर्न जरुरी छ । उदाहरणको निम्ति भर्चुअल उपस्थिति बीच बिधार्थी अन्यत्र अलमलीन सक्ने हुनाले Quiz को व्यवस्था गर्न सकिन्छ जसबाट बिधार्थीको स्वमूल्यांकन हुन जान्छ ।

अनलाईन शिक्षा सम्बन्धी जनचेतना

प्रविधिको प्रयोग र यसको महत्वको बारेमा जनस्तरमा चेतना अभिवृद्दी गरी अघी बढ्न सकिन्छ । यसको फाईदा बुझाउन सक्दा जनस्तर प्रविधिमैत्री हुन अभिप्रेरीत हुन जानेछ ।

अन्तयमा, नविनतम प्रयोगबाट समाजमा उत्पन्न समस्या समाधान भएका धेरै उदारहण छन् । तसर्थ प्रविधिबाट सिर्जित चुनौतीको सामना गरी यसको उच्चतम प्रयोगतर्फ उन्मुख हुन हाम्रो समाजले ढिला गर्नु हुन्न ।

Share
  • 88
    Shares

2 Replies to “कोभीड-१९ ले उब्जाएको अनलाईन शिक्षा बहस”

  1. एकदमै सहि हो माथि भनिएअनुसार गरिएमा मात्र रिजल्ट राम्रो प्राप्त गर्न सकिन्छ । तर यसका लागि सरकारको पँहुच (हात र साथ) अपरिहार्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *