शासकमा सर्वसत्तावादी साेच हावी

सम्पूर्ण विश्व मानव समुदाय प्रति चुनाैति दिंदै आएकाे प्राण घातक सूक्ष्म जिवाणु काेराेना भाइरसवाट आज लाखाैं मानिसले आफ्नाे ईहलिला समाप्त गरिसकेका छन । लाखाैंकाे सँङ्ख्याका मानिसहरु यसकाे समस्यावाट मुक्त भएर आ-आफ्नाे घर फर्की सकेका छन भने अझै पनि कैयाैं लाख मानिसहरु अस्पताल वा विभिन्न स्थानकाे आइशाेलेशनमा  उपचाररत छन । त्यस्तै गरि हामीजस्ता अरवाैं सँख्याका  मानिसहरु  कुनै न कुनै रुपकाे क्वारेन्टाइनमा बन्दी जीवन विताइरहेका छाैं । नेपालमा पनि पछिल्लाे समय सङ्क्रमितकाे सँङ्ख्या १ सय ९ पुगिसकेकाे छ । हाम्राे देशमा पनि सङ्क्रमीतकाे सँङ्ख्या  क्रमश वढ्दै जादा मुलुकमा घाेषित लकडाउनकाे आवश्यकता अझै महशुस भइ रहेकाे छ, यद्यपि यसवाट समग्र जनजीवन निकै कष्टप्रद वन्दै गई रहेकाे पाईन्छ ।
हाेम क्वारेन्टाइनकाे बन्दी जीवन कठिनतम तपस्यासरह हुँदाे रहेछ । समाचार हेर्ने र माेवाईलवाट सामाजिक सञ्जालमा विचरण गर्दै गर्दा देखिएका दृश्यहरु र समाचारहरुले हाम्राे मानसपटलमा पाेखिएका अनगिन्ति तरङ्गहरुवाट भावुकतामा परिणत भईदाे रहेछ । काठमाण्डाैं उपत्यकामा सानाेतिनाे व्यवसाय गरेर सामान्य जिविका चलाएका एक जना व्यक्तिेले घरभाडा तिर्न र खाने सामाग्री जुटाउन नसकेकाे कारणले आत्महत्या गरे ।  सँधैभरी घरभित्र मात्र काेचिएर वस्नु पर्दाकाे बन्दी जीवनले थुप्रै मानिसहरुमा सिर्जना गरेकाे डिप्रेशन, विरामी हुँदा साधनकाे अभावले अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउन नसकेकाे कारणले गर्दा अकाल मै मृत्युवरण गर्नु परेकाे अवस्था, छ । मजदूरीलगायत  विभिन्न किसिमले काठमाण्डुमा आएर वसेका व्यक्तिहरुसँग नागरिकताकाे प्रमाण पत्र नभएका कारणले सरकारी संयन्त्रवाट वितरित राहत सामाग्रि  पाउन नसकि भाेकभाेकै वस्नु परेकाे अवस्था र नेपाल-भारतकाे सीमावर्ती क्षेत्र एवं अरब लगायतका विभिन्न मुलुकहरुमा काम र मामकाे अभावले भाेकभाेकै वस्नुपरेका व्यक्ति हरुद्वारा आफ्नाे मातृभूमि नेपाल फर्कनका लागि पाेखिएकाे आक्राेशपूर्ण राेदनले भावविह्वल भईदाे रहेछ ।
       त्यसाे त यतिखेर यस्तैयस्ता विभिन्न समस्या हरुलाइ मध्यनजर गरि सरकारकाे मात्र मुख नताकिकन विभिन्न सामाजिक संघसंस्थाहरुले विहान वेलुकाकाे गाँस जुटाउन नसकेका व्यक्ति हरुलाई खाना खुवाउने तथा राहत वितरण गर्ने जस्ता कार्य गरिरहेका छन । वास्तवमा सामाजिक सँस्थाहरुका यस्ता कार्यक्रमहरु भने केही हदमा प्रभावकारी देखिएका छन  र पनि कतिपय यस्ता संस्थाहरु वेलावखत सरकारी संयन्त्रवाट समेत प्रताडित छन । यस्ताे मानवीय संवेदनशिलताकाे अवस्थामा पनि समाज सेवालाई राजनीतिक नजरले हेर्नू वास्तवमा विडम्वनाकाे विषय हाे । जे हाेस यी लगायतका विभिन्न घटनाक्रमहरुले गर्दा स्पष्ट हुन्छ कि हाम्राे मुलुक विकराल समस्यामा छ ।
         यतिखेर मुलुकले भाेगिरहेकाे विकराल समस्या समाधानका लागि सरकारी प्रयास निकै सक्रिय हुनुपर्ने हाे । तर त्यसकाे अलावा मुलुक लकडाउनमा भएकाे र विद्यमान महामारी सामना गर्न विश्वकै सहकार्य खाेजी भइरहेका वेला स्वयं सरकारले नै संवैधानिक अङ्गहरुलाइ एकपक्षीय वनाई विपक्षिहरुलाई ठेगान लगाउने मनसायले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्वन्धी (पहिलाे संशाेधन) अध्यादेश र विपक्षी राजनीतिक दलहरुलाइ फुटाएर आफ्नाे दलमा गाभी दुई तिहाईकाे सरकार वनाउने कुत्सित मनसायले राजनैतिक दल सम्वन्धी (दाेस्राे संशाेधन) अध्यादेश ल्यायाे । आम जनता तथा सम्पूर्ण राजनीतिक दलहरुले विराेध गरेपछि वेमाैसमी वाजा मानिएका ती दुवै अध्यादेश खारेज गर्न सरकार वाध्य भयाे । यस्तैगरी स्वास्थ्य सामाग्री पनि लागत मूल्य भन्दा करीव तीनसय प्रतिशत वढी मूल्यमा चाईनावाट खरिद गरेर ल्याउने गरि ओम्नी समूहसँग सम्झाैता गरि केही रकम समेत अग्रिम पेश्की भुक्तानी भई सकेकाेमा आम जनता र राजनीतिक दलहरुकाे विराेध पछि अनियमितता भएकाे ठानी प्रधान मन्त्रीकाे निर्देशनमा उक्त सम्झाैता पनि रद्ध गरिएकाे खवर सार्वजनिक भएकाे थियाे । मुलुककाे यस्ताे संवेदनशिल अवस्थामा भएका यी कृयाकलापहरु कुनै पनि सरकारका लागि अक्षम्य मानिन्छन ।
        २३ जुन २०१६ का दिन वेलायतमा भएकाे जनमत सङ्ग्रहवाट वेलायती जनताले युराेपेली युनियन छाड्ने पक्षमा मतदान गरे । वेलायत कि प्रधानमन्त्री थिरेशा मेलेले युराेपेली युनियनवाट वाहिरिने प्रकृया (व्रेक्जिट) मा संसदवाट सहमती जुटाउन नसकेपछि पदवाट राजीनामा दिईन । सरकारी कामका लागि मेक्सिकाेवाट मेक्षिकालीसम्म जान लागेकि मेक्सिकाे कि वातारण मन्त्री जाेसेफा गेन्जालेजले “आफ्नाे उडानका कारण अन्य उडानमा ३८ मिनेट समय ढिला हुन गएकाले जनतालाई दुख दिने विशेषाधिकार कसैले पनि पाउनु हुन्न । एकजना व्यक्तिकाे सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पर्नु हुन्न” भन्दै विमान चालक र यात्रुहरुसँग समेत माफी माग्दै आफ्नाे पदवाट राजीनामा दिईन । यस्ताे सामान्य घटनामा समेत जनतासँग माफी मागेर राजीनामा समेत गरि उनले विश्वका अन्य राजनीतिकर्मीहरु लाई गतिलाे पाठ पढाएकी छन । वास्तवमा याे अनुकरणीय र प्रशंसनीय कार्य हाे । यस्तैगरी जर्जियामा त्यहाँकाे सत्ताधारी राजनीतिक दलबाट संसदकाे सभामुख वनेका इराक्ली खाेवाखिजेले आन्दाेलनका क्रममा सर्वसाधारण नागरिक र प्रहरी गरि २४० जना घाईते भएकाे विषयमा जर्जियाली जनताकाे उच्च सम्मानका लागि भनेर आफ्नाे पदवाट राजीनामा दिए । भारतमा पनि कतै रेल दुर्घटना हुँदा रेल मन्त्रीले राजीनामा दिने गर्दछन । विश्वकाे राजनीतिक ईतिहासमा यस्ता हजाराैं उदाहरणहरु छन ।
         नेपाल कै सन्दर्भमा पनि २०२९ सालमा सिंहदरवार आगलागी हुँदा आगलागी हुन नसक्ने व्यवस्था मिलाउन नसकेकाे विषयलाई नैतिक जिम्मेवारीकाे रुपमा ग्रहण गर्दै तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले राजीनामा दिएकाे कुरा हामीले नेपालकाे ईतिहासमा पढेका छाैं । पञ्चायतकाल मै दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुँद चलिरहेकाे बखत हावाहुरि आएकाे कारण ठेलमठेल गरेर रङ्गशालावाट बाहिर निस्कन लाग्दा केही दर्शकहरु हताहत हुन गएकाे विषयलाई आफुले रङ्गशालाकाे व्यवस्थापनमा सुरक्षाकाे व्यवस्था मिलाउन नसकेकाे विषयलाइ नैतिक जिम्मेवारीकाे रुपमा ग्रहण गर्दै तत्कालीन खेलकुद मन्त्री केशर वहादुर विष्टले राजीनामा दिएका थिए । वहुदल आई सकेपछि पनि २०५१ सालमा नेपाली काँग्रेशकाे सरकारले संसदमा पेश गरेकाे नीति तथा कार्यक्रममा साेही पार्टीका ३६ जना सांसद संसदमा उपस्थित नहुँदा नीति तथा कार्यक्रम पास नहुने अवस्था सिर्जना भए पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद काेईरालाले नैतिक जिम्मेवारीकाे रुपमा स्वीकार गरेर राजीनामा वा मध्यावधि चुनावका दुई विकल्पमध्ये मध्यावधि निर्वाचन राेजेका थिए । जसवाट उक्त नेपाली काँङ्ग्रेस पार्टीले निर्वाचनमा भएकाे पराजयका कारण ठूलै क्षति वेहाेेर्नु परेकाे थियाे । अहिलेसम्म पनि नेपाली काँग्रेसले त्यसवखतकाे क्षतिपूर्ति पूरा गर्न सकेकाे छैन । यसरी राजनीतिमा हारजित भन्दा पनि नैतिकताकाे ठूलाे महत्व रहन्छ । गहन अर्थ वाेकेकाे हुन्छ ।
         वर्तमान सम्माननीय प्रधानमन्त्री स्वयं अध्यक्ष रहेकाे संवैधानिक परिषदवाट सर्वसम्मतिले निर्णय गरि प्रधान न्यायाधिशमा शिफारिस भएका दिपकराज जाेशीलाई हटाएर चाेलेन्द्रसमशेर जवरालाई नियुक्ति दिने किसिमले व्यवस्थापिका भित्रकाे राज्य व्यवस्था समितिवाट सरकारलाई निर्देशन आईसकेपछि त्यतिखेर नै प्रधानमन्त्रीले आफ्नाे पदवाट राजीनामा दिनुपर्ने थियाे । उहाँले त्यतिखेर त्याे नैतिक जिम्मेवारी ग्रहण गर्न सक्नु भएन ।
          सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम, वार्षिक वजेट विनियाेजन र कुनै पनि अध्यादेश फेल हुँदा वा खारेज हुँदा सरकार प्रमुखले राजीनामा दिने विश्वव्यापी प्रचलन हाे । यी विभिन्न दृष्टान्तहरुले गर्दा विषय स्पष्ट छ – “ओम्नी समूहसँगकाे सम्झाैता तथा रद्धकाे विषयमा भएकाे अनियमितता छानविन गर्ने कार्यकाे सहजताका लागि स्वास्थ्य  मन्त्री भानुभक्त ढकालले र अध्यादेश जारी गरेकाे तीन दिन कै सेराेफेराेमा खारेज गर्नु परेकाे विषयलाई प्रधान मन्त्रीले नैतिकताकाे हिसावमा राजीनामा गर्नु पर्ने हाे । यतिखेर सत्तासिनहरु बीच भएकाे आन्तरिक घर झगडा लाइ नाटकीय ढङ्गवाट पटाक्षेप गरेकाे विषयमा ध्यान केन्द्रित गराई नैताकताकाे विषयलाई पन्छाउनमा व्यस्त छन । प्रत्येक राजनीतिक दलहरुले आन्तरिक व्यवस्थापन मिलाएर एकत्रित हुनु अवश्य राम्राे विषय हाे । मुलुकमा आपसी आन्तरिक मेलमिलापकाे राम्राे व्यस्थापन  भएका ३/४ वटा मात्र राजनीतिक दल हुनु मुलुकका लागि राम्राे विषय हाे । सत्ता पक्ष र प्रतिपक्ष दल दुवै मजवुत हुने अवस्थामा लाेकतन्त्र समृद्ध हुन्छ । सत्तापक्ष एकछत्र राज गर्ने किसिमले अगाडि वढ्दा सर्वसत्तावादी साेच हावी भै निरङ्कुशताले जरा गाड्ने सम्भावना रहन्छ । तसर्थ त्यस्ताे दुराशययुक्त अध्यादेश खारेज हुनुले सर्वसत्तावादी निरङ्कुशताले टाउकाे उठाउने अवस्थाकाे अन्त्य भएकाे छ । याे पक्ष मुलुक र आम नागरिकका लागि राम्राे पक्ष हाे । नैतिकताकाे आधारमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने हाे भने लाेकतन्त्रका मूल्य मान्यता र सँस्कार संरक्षणमा मद्दत पुग्न जाने छ । यसरी उहाँहरुले राजीनामा गरिहाल्दा पनि दलगत रुपमा सरकारकाे स्वरुपमा खासै परिवर्तन हुने देखिदैन । केवल अहिले कै सत्तारुढ दलका अन्य नेतृत्व वर्गलाई समेत आफ्नाे क्षमता देखाउने अवसर प्राप्त हुनेछ भने वर्तमान प्रधानमन्त्रीकाे अहिले गिर्दै गईरहेकाे राजनीतिक साख वच्ने मात्र हाेईन अझ वरु केही हदमा भए पनि उचाई वढ्ने सम्भावना रहन्छ ।
 यसवखत सम्पूर्ण विश्व नै महाविपत्तिकाे अवस्थामा भएकाे र हाम्राे मुलुक पनि साेही मार्गमा पिडित भएकाले सवै एकजुट भै “मानव सेवा नै विश्वकाे सवभन्दा ठुलाे धार्मिक मार्ग हाे” भन्ने साेचलाई व्यवहारमा अगाडि वढाउँदै  सरकार र आम नागरिक एकजुट भएर काेभिड १९ काेराेना भाईरसकाे सङ्क्रमणवाट आम नागरिकलाई मुक्त दिलाउने कार्यमा अगाडि वढ्नु आवश्यक छ ।
Share
  • 76
    Shares

One Reply to “शासकमा सर्वसत्तावादी साेच हावी”

  1. यथार्थपरक बिश्लेषण गरिएको अत्यन्त राम्रो लेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *