पाइतालाहरु 

कविता

 

बिछ्यौनामा मात्र समानान्तर
हुन्छ्न पूर्णतया: तेर्सो भएर
थसुल्लोलाई प्रथमत: खस्रो
 बस्त्रमा आसन दिएर र हुन्छन
 शीर समान केही पलको
बिश्रान्तिको लागि पाइतालाहरु ।
अजायव छ मिलन यीनको
यौटा अघि र अर्को पछि
तलमाथी, तलतल, माथीमाथी
वरवर, वरपर, परवर, परपर
बोक्छन अजङ्गको शरीर
र त्यसभित्रको प्रवण
तर पनि कैले हुदैनन
पराइ पाइतालाहरु ।
कैले माटोले डिम्न्याउछ औला
कैले औलाले माटो डिम्न्याउछ,
दुख्ने त औलानै हो र यो दिन्छ
ह्वालाला रज उपहार माटोलाइ ।
दोष दिन्नन कसैले पनि
अर्कोगोडालाइ,  बरु सहन्छ्न
दर्द बराबरी र अस्थित्वका लागि
सङ्गै रहन्छन पाइतालाहरु ।
मुन्छेहरु विवेकि जनावर,
कोहि विवेकले लड्छन
कोहि  लड्छन भाङ्ग्रे र
भाला युद्ध गर्छन अनि
कि सक्छन आफूलाई
कि अरुलाई सिध्याउछन,
परन्तु उदाहरणतुल्य सौम्य
रहन्छन पाइतालाहरु ।
उकाली चड्छन, ओराली झर्छन,
अगाडि बड्छन, पछाडी सर्छन ।
एउटा ठोकिए दुबै थुचुक्क बस्छन,
सुख दु:खको भलाकुसारी गर्छन,
दुबै उठ्छन, सङ्गै हिडछन
दौडन्छन, समान गति र समदूरीमा
बाड्दैनन पद,  गर्दैनन भागबन्डा
खोज्दैनन भाउ पदीय सम्मानको,
हान्छन बेग सयौ माइलको  र पो
पुग्छन गन्तब्य पाइतालाहरु ।
एक त सून्य हुन्छ यिनलाई,
एक बन्न दुई हुनुपर्छ,
कहिले दुई एक हो,
कैहिले तीन एक हो,
कहिले चार एक हो ।
यो बुझेका छ्न र त
सङ्गै हुन्छन एक हुनलाई
पाइतालाहरु ।
एक र एकताको अभिधा
नबुझ्नेहरु एक हुन्छन
अनि चलखेल गर्छन टुट्नलाई,
फुट्छन झर्याम्झुरुम सिसाजस्तै,
 खिङ्ग्रिङ्ग परेको अनुहार ठोकाउछ्न
अर्को मुर्छित र चेतनारहित मुहारमा
पोख्छ्न आबेग र मेटाउछन
 एकताको अस्थित्व, सकाउछन
आफूलाई र सक्छ्न अरुलाई
तरपनि  साक्षात्कार गर्दै सधै
एकै ठाउमा उभिन्छ्न पाइतालाहरु ।
भेद छ यहाँ हामी-हामीमाझमा,
सामाजिक खाडल उस्तै अनन्त सम्मको,
थिचिरहन्छ्न शक्तिशाली निमुखालाई,
चिच्याउछ्न दुर्वलहरु समान भएर बाच्न,
सुनिन्छ आवाज पुरुष- महिला
व्यबहारमा किन असमानता भनेर ?
कोहि बुलन्द गर्छन स्वरघण्टी
 अन्तिम नाममा विभेदलाई रातो धर्कोले,
तथापी त दाया म बायाँ नभनी निभाइ
 रहन्छन आफ्नो भूमिका पाइतालाहरु ।
Share
  • 74
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *