वास्तवमा नेपाललाई दुई ढुंगा बीचको तरुल नै बनाउदै

घोषित लकडाउन दुई महिनाको यात्रातर्फ उन्मुख हुँदा कोभिड १९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । सत्तारुढ दलका नेता तथा कार्यकर्ताका लागि लकडाउन आपसी कचिंगल,पिकनिक र हनिमुनको समय देखियो । सरकारी पासको दुरुपयोग गरेर कोरोना संक्रमण बढाउने कार्यल यसबीचमा भएका तथ्य र तथ्यांकहरुले स्पष्ट गरेको छ । सर्वसाधारण,गरिव,किशान,मजदुर,श्रमिक,ज्यालदारीहरुलाई घरमा थुन्ने, सयौ किलोमिटर पैदल हिड्न बाध्य बनाउने सहयोग एवं राहतको वन्दोवस्त नगर्ने र सत्तासंग निकट सम्वन्ध भएका÷बनाएका व्यक्तिहरुलाई छाडा छोड्ने सरकारी शैलीले कोरोना संक्रमण तिव्र बनाउन मद्दत गर्यो । त्यतिमात्र होइन आवतजावतलाई कडाइ गर्न नसक्दा भारतीय वजरबाट फर्किएका नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने काम नहुदा,परिक्षण एवं पहिचान गर्ने काम प्रभावकारी नहुदा स्वास्थ्य सामाग्रीको उपलब्धता प्रयाप्त नगर्दा संकट जटिल मोडमा आइपुगेको देखिन्छ । रोगको आफ्नै चरित्र र विशेषता भएपनि राज्यको नियमन,नियन्त्रण,उपचार आदि कार्यहरु अव्यवस्थित हुदा आफ्नो क्षमता भित्रको काम पनि सम्पादन गर्न सरकार असफल  र असक्षम भएको छ । यसले कस्तो रुप लिने हो ? आर्थिक सामाजिक जीवन कसरी चल्ने हो ? भन्ने अनिश्चयको अवस्था वेहोर्न आम जनता वाध्य भएका छन ।

महामारीले आक्रान्त बनाएको समयमा सत्तारुढ दल भित्रको किचलोले पनि समस्या नै खडा गरेको छ । दुई तिहाइले चमत्कार गरेर देखाउने ओली दाहाल गठवन्धन नेपालको अर्को दुर्भाग्य हो भन्ने परिस्थिति बन्दैछ । संख्याले मात्र केही गर्न सक्दैन कार्यक्षता र इमान्दारिता आवस्यक छ भन्ने तथ्य यतिबेला स्मरणीय भएको छ । नेकपाको सरकारसंग कार्यक्षमता र इमान्दारिता दुवै देखिएन । एउटामात्र गुण र विशेषता भएको भए पनि यति ठूलो अविश्वास विकास हुने थिएन । सत्ता राज्यको श्रोत साधनमाथि मनपरी गर्नको लागि हो भन्ने सन्देस सत्तारुढ दलका नेता तथा कार्यकर्ताले दिएका छन । पैसा उठाउने ÷ बनाउने अभियान नै चलाएको दृष्टान्त पेश गर्दछन नेकपाभित्र रहेका तर सत्ताबाट टाढा रहेका पुराना कम्युनिष्ट कार्यकर्ताहरु उनीहरुको विश्वास पनि भत्किएको छ । सरकारले केही गर्दैन,नेतृत्व परिवर्तन भएर पनि हुदैन,चरित्र र मानसिकता परिवर्तन गर्नु अवश्यक छ । त्यो ओली,दाहाल, नेपाल, खनाल,गौतम आदिहरुबाट संभव नै छैन । घरै विग्रिसकेको छ । सुधार गर्न ठूलो राजनीतिक शाल्यक्रिया गर्नु पर्ने हुन्छ । स्वार्थबाट निर्देशित एवं अभिप्रेरित भएर गरिएको गठवन्धन÷पार्टी एकताको जगमा सुधारको कुनै गुञ्जायस नै छैन । आरोप,प्रत्यारोप,लाञ्छना,वेमले,षड्यन्त्र तथा विचर र सिद्धान्त विहिनताको अवस्थाबाट गुज्रिएको नेकपा पार्टी सरकार र खाइपाइ आएका नेता कार्यकर्ताहरुको बानी व्यवहार,जीवनशैली एवं चरित्रले कुनै पनि राजनीतिक लक्ष्य हासिल गर्न सकिदैन,भ्रम पाल्नु पर्ने आवस्यकता छैन भन्ने निष्कर्ष पुराना र इमान्दार कम्युनिष्ट कार्यकर्ताहरुको रहेको छ ।

कालापानी क्षेत्र अतिक्रमण गरी लामो समयदेखि कब्जा जमाएर बसेको भारतीय पक्षले तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालीजनमा उर्लिएको देशप्रेमले सरकारलाई कहा धकेल्छ यसै भन्न गाह्रोछ । लिम्पियाधुरा, लिपुलेकसमेत समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दा नै भारतसंग वार्ता गर्न नसक्नु नेपालको ठूलो कमजोरी थियो । यस विषयमा चीनसंग पनि सम्वाद गर्न सकिन्थ्यो । नेपालमा आफ्नो चासो बढाएको चीनले नेकपा भित्रको विवाद  मिलाउन जुन सक्रियता देखायो त्यही च्यानल प्रयोग गरेर चीनसंग समेत सरोकार राख्ने कालापानी क्षेत्रको पुरानो र नयाँ सबै समस्या हल गर्न नेपालले गर्नु पर्ने प्रयत्न भएको देखिदैन । आन्तरिक समस्यामा फसेको  दल वा सरकारले देशका यस्ता जल्दाबल्दा समस्याको समाधान निकाल्न सक्दैन । त्यो जागर,क्षमता र क्रियाशीलता नै हुदैन । आफू सत्तामा जान विदेशी दूतको आशीरर्वाद र समर्थन खोज्ने दल, सरकार र व्यक्तिले राष्ट्रको पक्षमा दृढ आत्मविश्वास र इच्छाशक्तिका साथ सम्वाद नै गर्न सक्दैन । कहिले भारत त कहिले चीनको प्रयोग गरी सत्तामा जाने  आउनेहरुले जटिलमध्येको एक ठूलो कालापानी क्षेत्रको अतिक्रमण तथा सडक विस्तारजस्तो गम्भीर विषयलाई सुल्झाउन सक्दैनन । आफ्नो कुर्सी कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले प्रधानमन्त्री ओली ग्रसित छन । ओलीको सत्तारोहणमा भारत वाधक नवानोस भन्ने नेकपाका द्वितीय अध्यक्ष दाहाल चाहन्छन । अरुको पनि यस्तै सोच र चिन्तन छ । अनि कसले, कसरी,कहाँबाट नेपाली जनताको इच्छा र चाहाना  बमोजिम नेपाली भूमिको रक्षा गर्न,फिर्ता गर्न तथा देशको हितमा अडान राख्न सक्छन ? त्यो विश्वास नै छैन,आत्मावल र इमान्दारीदा नै देखिदैन । क्रमश : नेपाललाई साच्चै दुई ढुंगाको तरुल बनाउदै छन,सत्ताशीनहरु। हारेको,गलेको मनिस्थिति बोकेर भारतले नेपाली भूमिमा बनाएको सडक भारतलाई लिजमा दिन सकिने हरुवा अभिव्यक्ति  प्रधानमन्त्रीबाट आएको छ । लोकतान्त्रिक शासन व्यवस्थमा कम्युनिष्टहरु सत्तामा आउनुले ल्याएको शंकट टार्न नपाउँदै महामारीले गाज्नु अनी सत्तारुढ दलभित्रै एकले अर्को पक्षलाई समाप्त गर्ने, विश्थापित गर्ने षड्यन्त्र र चालवाजी गर्ने उपक्रमहरु विस्तार हुनु, स्वार्थ केन्द्रित गठवन्धनको व्यवस्थापन नदेखिनुजस्ता छटनाक्रम कै वीचमा राष्ट्रियतासंग सम्वन्धित विषय प्रवेश गरी राष्ट्रिय धारणा नै परिवर्तन हुनुले नेपालको भविश्य थप अन्योल बनाएको छ ।

यस्तो अन्योल र अनिश्चिततालाई चिर्ने नेपाली जनताको विश्वासलाई स्थापित गरी मुलुकका उल्लेखित तमाम समस्याहरु संवोधन गर्न सक्ने ल्याकत र हैसियत प्रतिपक्ष दलले मात्र राख्न सक्ने देखिएन । अंकगणितीय लघुताभासबाट बाहिर निस्कनै नसकेको नेपाली कांग्रेस अब लोकतन्त्रवादीहरुको विश्वास र समर्थनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने अवस्थामा थियो । तर उक्त दलभित्रको आगामी महाधिवेशन केन्द्रित संकीर्ण सोच र मानशिकताले एकतावद्ध भएर अगाडी बढ्न कठिन देखिन्छ । व्यक्तिगत धारणा र दृष्टिकोणले स्थान पाएको छ । केही सेलिब्रेटी बन्न खोज्नेहरुको धरातल नै कमजोर छ । व्यक्ति केन्द्रित मानशिकताले पार्टीहरुमा इमान्दार र निष्ठावान मानिसहरुको आकर्षण नै छैन । हरुवा चरुवाहरु,  भ्रष्ट दलाल, तस्कर,डन,व्यपारी, ठेकेदारहरुको  साथ लिएर पार्टी र राज्यको सत्तारोहण गर्न सकिन्छ भन्ने विचार र सिद्धान्त स्थापित गर्न खोज्ने राजनीतिक नेतृत्वबाट संकटको सामाधान हुन सक्छ भन्ने ठान्नु मृगपरिधिकामात्र हो । त्यस्तो राजनीतिक नेतृत्व एकपक्षीय, द्विपक्षीय, बहुपक्षीय,त्रिपक्षीय वार्ता गरेर नेपालीको मान र शान राख्न सक्दैनन । नैतिक धरातल नै कमजोर भएको नेतृत्वाबाट प्रभावकारी सुधार, संवद्र्धन र समधानको अपेक्षा राख्नु नै गलत हो । पाँच वर्ष सत्ता रोहणमा टिक्न खोज्ने, गलहत्याउन चाहने तथा पाँच वर्षपछिको सत्ता सुरक्षित गर्न खोज्ने अल्पदृष्टिले नेता बनाउँदैन ।

Share
  • 221
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *