सातौंपटक लकडाउन थपिँदै, थप दुई साता लम्ब्याउने सरकारको तयारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सातौ पटक लकडाउन थप्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि छैटौंपटक थप गरिएको लकडाउनको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो । ०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनको छैटौंपटक थपिएको म्याद सोमबार सकिँदैछ ।

सरकारले लकडाउन थप दुई साता लम्ब्याउने तयारी गरेको छ । सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना संक्रमणबाट ज्यान गएपछि सरकारले लकडाउनलाई अझै कडा र प्रभावकारी बनाउने गृहकार्य सुरु गरिसकेको छ ।

Share
  • 451
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *