नेपालको भूमि अतिक्रमण र निर्लज्ज सरकार

जबजब नेपालमा माहाबिपत आइपर्छ तबतब भारत लगायत बिदेशिको हस्तक्षेपकारी दादागिरि छचल्किन्छ । भारतले कोरोना माहामारी संकटको मौका छोपी नेपालको कालापानी क्षेत्र लिपुलेक हुंदै मानसरोवर जाने सडक निर्माणको भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्नु खेदजनक र आपत्तिजनक कार्य हो। सम्पूर्ण नेपाली एकजुट भएर यसको डटेर सामना गर्नुपर्दछ । आम स्वाभिमानि नेपाली नागरिकको यो परम कर्तव्य हो। भारतद्वारा सीमाजोडिएका २६ जिल्ला मध्ये २३  जिल्लामा सीमा अतिक्रमण भएको छ। सन १८१६, मार्च ५, को सुगौली सन्धीको धारा ५ मा लिम्पियाधुरा भन्दापूर्वको भाग नेपालकै भएको भनेर लेखिएको बलियो प्रमाण भएको र ३७२ बर्ग किलोमिटर भू-भाग भारतले हडपेको देखिएको छ । सुगौली सन्धी भएको २० बर्षपछि सन १८३७, मा जेबि टासिन नामका भारतीय नापी प्राबिधिकले बनाएको हाते  नक्सामा कालिनदिको मुहान लिम्पियाधुरा नै मानिएको छ । त्यसपछि सन १८५५, oct. मा भारतको नापी बिभागले पहिलोपल्ट बनाएको पहिलो नक्सामा पनि कालिनदिको उद्गमस्थल लिम्पियाधुरा नै मानेको छ । तात्कालिक भारतका इष्टिन्डिया कम्पनिका डेपुटि सर्भेयर जनरल र बेलायतका सर्भेयर जेनेरलद्वारा हस्ताक्षरित नक्सामा पनि सन 1840, मा निकालेको नक्सामा पनि लिम्पियाधुरा नेपालकै भूभाग भएको ऐतिहासिक दस्तावेजमा स्पष्ट उल्लेख छ भनि सीमाविद बुद्धिनारायण श्रेष्ठले बताउनु भएको छ ।
नेपाल र चीन बीच सन 1961, oct. माभएको सीमा सन्धी र सन 1979. Nov.5, मा भएको सीमा प्रोटोकलमा लिपुभन्ज्याङ्गलाई  नै त्रिदेशीय सीमा मानिएको थियो। त्यसपछि चिनियाँ पराष्ट्रमन्त्री र नेपालका प्रराष्ट्रमन्त्री बीच सन 1988, मा बेइजिङ्गमा चीनको प्रधानमन्त्रीको उपस्थितिमा गरिएकाे सम्झाेक्तमा पनि लिपुभन्ज्याङ्गलाई नै त्रिदेशिय सीमा मानिएको तथ्यगत कागजात नेपाल सरकार सङ्ग रहेको इतिहास विद डा रमेश ढुंगेलले बताउनुभएको छ।

बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालले पनि कालापानी,लिपुलेकको जनगणना गर्ने ब्यक्ति आफू ज्युंदै रहेको बताउनु भएकोछ । यि  तथ्य र प्रमाणको आधारमा लिपुलेक र लिम्पियाधुरा नेपाल कै हो भन्नेमा दुविधा रहेन। सन २०१४ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउंदा तात्कालिन नेपालका प्रधानमन्त्री सुशील कोइराला सङ्ग दुइ पक्षिय ३५, बुंदे सहमतिको १२ औं बुंदामा कालापानी र सुस्ता बिबादित बिषय हो भनेर भारतले स्वीकार गरिसकेको अवस्था छ । सन २०१५ को मे १५, मा भारत र चीन बीच दुइ पक्षिय रुपमा लिपुलिपुलेकमा सडक निर्माण कार्यको सम्झाैक्ता हुनु आपत्तिजनक हो भन्दै नेपालका प्रधानमन्त्री सुशील कोइरालाले दुबै देशका राजदुतलाइ प्रधानमन्त्री कार्यलयमा बोलाएर कुटनैतिक आपत्ति नोट (protest note) पठाउनु भएकोथियो।

भारतका प्रधानमन्त्री मोदीलाइ पटक पटक टेलिफोन संवादमार्फत समाधानको बिषयमा कुरा उठाउंदै आउनुभएको थियो। जब सुशील कोइरालाको निधनपछि दुइ देशका प्रधानमन्त्री बीच हुने टेलिफोन संवादको निरनन्तरताको अन्त्य भएको भन्ने छ । तर, अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली यस बिषयमा फोन वार्ता त परैकाे कुरा हाे ? प्रराष्ट्रमन्त्रालयको लेटरहेडमा समेत नेपाल सरकारको तर्फबाट सहिसम्म गर्ने आंट गरेको देखिएन। दिन दहाडै आफ्नै आंखा अगाडी नेपाल आमाको अस्मितामाथि बलात् हुंदा देशको प्रधानमन्त्री भन्नुहुन्छ मलाई  अहिलेसम्म यसबारेमा कसैले खबर नै गरेन।

निर्लज्ज सरकार :- निर्लज्ज शब्द आफैमा प्रिय र रुचिकर शब्द होइन। अझै अर्को भाषामा भन्ने हो भने कुनै ब्यक्ति निर्वस्त्र नग्न अवस्था मा सडक मा डुलिरहन्छ भने त्यसलाइ पनि निर्लज्ज भनिन्छ । किनभने निर्लज्ज सरकारलाई यहि शीर्षकमा लेख्न म बिबस भए । म र मेरो देशकाे स्वतन्त्रता , स्वाधिनता र सार्वभौमिकताको रक्षाका लागि अटल र निडर  बनेर उभिनुि परम कर्तब्य ठानेको छु । शासक बर्गले मेरो देश डुबाउन लाग्दा टुलटुलती हेरेर बस्न पनि सक्दिन । शासक बर्गको अयोग्यता ,असक्ष्यमतार अकर्मण्यताको साक्षी बस्न पनि सकिन। रसियाका उन्यासकार मार्किम गोर्की आमा भन्ने उपन्यासमा जो ब्यक्ति स्वतन्त्रताको लागि आवाज उठाउंदैन उ दाश हो । जो अन्याय सहन्छ वा अरु को बिचार बिनातर्क सहर्ष स्वीकार गर्छ त्यो दाश हो । त्यसैले म दाश होइन्। म एक स्वाभिमान नेपाली नागरिक हुं। यसैले यो सरकारलाई मेरो आवाजले खबरदारी गर्नु परेको छ ।  सरकार ! नागरिकको दुख र पीडा बुझी देउ ,नागरिकलाइ न्याय देउ ! तर सरकार भन्छ,म जे भन्छु त्यो सत्य हो । मेरा गैरकानुनी अन्यायलाई  न्याय ठान् । यो सरकार र म बीचको असहमति र मतभिन्नता यहि हो । म रैति होइन ,त्यसैले अबिबेकि,ब्यभिचारी सरकार सङ्ग सहमत हुन सकिन। सरकारको शासन गर्ने शैलि शिष, सभ्य मर्यादित नभएसम्म मेरो असहमति निरन्तर जारि रहन्छ ।

सरकारको प्रशंसा गरौं भने पनि देश र जनताको निम्ति असल काम गरेको छ र मुक्त कन्ठले प्रस्ंशा गरौं ?  यदि एउटा मात्र असल काम गरेको भए यो सरकारलाई तरर ताली पड्काउंथे । तर सरकार भन्छ मेरो जयजयकार गर।उनका धन्दुकारी भजन मन्डलिले जस्तो जयजयकार गर्न मेरो अर्न्तरसंस्करणले स्वीकार गरेन। अहिले याे सरकार यत्रतत्रसर्वत्र नग्न भैसकेकोले नागरिकले दुत्कारेको मात्र सुन्न र देख्न पाइएको छ। तापनि ओली सरकारका अन्धभक्त हरुले स्तुति गाएको देख्दा धिक्कार लाग्छ । राम्राे र नराम्राे छुट्ट्याउन नसक्ने झुण्ड देख्दा झनै निर्लज्ज हुन्छु । प्रधानमन्त्रीका सुखी नेपाली  न सम्बृद्ध र दुखी नेपाली न  कंगाल नेपाली हुने वाला छन । न पत्याए अर्थशास्त्री हरुलाइ सोधे खाडी खममुलुकमा रहेका करिब १५, लाख नेपाली आफ्नो देश (घर ) फर्किए भने बल्ल प्रधानमन्त्री ओलीको घैंटोमा घाम लाग्छ । नेपाली जनताको समस्या र पीडा यो सरकार ले देख्दैन र सुन्दैन। निदाएको मान्छेलाई  पो घचघच्या एर ब्युंताउन सकिन्छ , निदाएको बाहना गर्नेलाइ कसरी ब्युंताउन सकिन्छ ? मान्छे बुढो भए निहुं खोज्छ ,गोरु बुढो भए भिर खोज्छ भन्थे हो कि क्या हो ? भिरमा लड्न लाग्यो भने कस्ले कांध थाप्ने ? रामराम भन्न सकिएला। घरको मुलि नै कुलंघार भएपछि घर त लथालिङ्ग हुने न भयो ।परिवार को समेत लथालिङ्ग र बिचल्लि हुन सक्छ । यस्ता घरका मुलि भएरके अर्थ भो ? उनका दांया र बांया बस्ने लिपुलेकमा भारतले सडक बनाएको थाहा छैन भन्छन।

भूमिसुधार मन्त्रलयकाे जिम्वारीमा रहेकी मन्त्री  पहिले देखि नै लिम्पियाधुरा नेपालको नक्सामा थिएन भन्ने भारत भक्ति गान गाउंछिन । यस्ता गैरजिम्वारलाई के भन्ने ? यिनिहरुबाट देशको स्वतन्त्रता,स्वाधिनता र सार्बभौमिकताको रक्षा हुन्छ भन्नु र बांदर मकैबारीको जिम्मा लगाउनु एकै हो । बांदरले आफ्नो घर पनि बनाउदैन अरुले बनाएको घर पनि भत्काइदिन्छ भन्नेलाई नेपाली उखान छ । यस्ताले गरिब र मजदुरको दुख र पीडाके बुझ्थे र ? देश र गरिब नेपाली जनताले पाएको दुख र कष्टप्रति किन रमिते बन्दैछन ? जय मातृभूमि !

Share
  • 137
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *