लकडाउन उल्लंघन गरेको आरोपमा चेल्सीका युवा स्टार महिला मोडलसँगै पक्राउ

एजेन्सी । लकडाउन उल्लंघन गरेको आरोपमा इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् ।

लकडाउन लागु भएको समयमा राति अवेरसम्म बाहिर रहेका कारण ओडोईलाई एक महिला मोडलसँगै पक्राउ गरेका हुन् ।
तर उक्त मोडललाई भने अस्पताल लगिएको प्रहरीले बताएको छ ।इंग्ल्यान्डको महानगरीय प्रहरी अफिसरका अनुसार हड्सन र एक महिलालाई आइतबार बिहान ४ बजे पक्राउ गरिएको बताएको छ । प्रहरी प्रवक्ताका अनुसार प्रहरी र लन्डन एम्बुलेन्स सेवालाई महिलाले आइतबार बिहान ३ः५३ मा बोलाएकि थिइन् । उनलाई अस्पता पु¥याइएको थियो । प्रहरीका अनुसार एक पुरुषलाई घट्नास्थलमा पक्राउ गरिएको थियो । उनी चेल्सी स्टार हुन् । लन्डन क्लब चेल्सीले यसबारे बुझिरहेको बताएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *