काेराेनाबाट आमा गुमाएका बच्चाकाे पालनपाेषणदेखि शिक्षा र राेजगारसम्मकाे जिम्मा लिए पुर्वमन्त्री बस्नेतले

काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोना ज्यान गुमाएकि महिलाको नवजात शिशुको भरपोषण र शिक्षादिक्षाको जिम्मेवारी लिएका छन् ।
पूर्वमन्त्री बस्नेतले ति शिशुका बाबु अस्पतालबाट फर्किएपछि तत्काल ५० हजार उनको भरणपोषण र पौष्टिक आहारको लागि प्रदान गर्ने बताएका छन् ।
शिक्षाका लागि जहिले अग्रसर रहने नेता बस्नेतले कोरोनाबाट मृत्यु भएकि महिलाको नवजात शिशुको शिक्षादिक्षाको लागि समेत पहल गरेका छन् । उनले उक्त शिशुलाई १२ कक्षासम्म निशुल्क पढ्ने व्यवस्था गरेको बताए । साथै बच्चाको शिक्षापछि रोजागारीको व्यवस्था गर्ने समेत पूर्वमन्त्री बस्नेतले बताएका छ्न ।
आर्थिक अवस्था न्यून भएका पीडितको परिवारलाई आफूले सकेको सहयोग जारी राख्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

जिल्लाबासीलाई आपतविपत् पर्दा तत्काल सहयोगको लागि तत्पर रहने नेता बस्नेत जिल्लाबसीको सुख दुखको सारथीसमेत बनेका छन् । जुरेको पहिरो होस् वा २०७२ सालको भूकम्पको महाविपत्को घडीमा पूर्वमन्त्री बस्नेतले जिल्लाबास्काे हातमा हात मिलाएर होस्टेमा हैंसे गर्दै आएका छन् । देशले सामना गरिरहेको कोरोना महाब्याधीको समयमा समेत जिल्लामै उपस्थित भएर पूर्वमन्त्री बस्नेतले जिल्लामा लाखौं मुल्य बराबरको स्वस्थ्य सामाग्री निःशुल्क उपलब्ध गराएका थिए ।

सिन्धुपालचाेक बाह्रबिसे नगरपालिका राम्चे ९ कि २९ वर्षिया सुत्केरी महिलाकाे धुलिखेल अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे थियाे । उनी बैखाश २५ गते काठमाडाैंकाे शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएर गाउँ गएकि थिइन् । उनमा काेराेना कहाँबाट सर्याे भन्ने अझै पुष्टि भएकाे छैन ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *