अभयले ल्याए ‘नाचौँ छमछम’

काठमाडौं । पुर्वेली भाका टिपेर गीत बनाउने गरेका गायक तथा संगीतकार अभय ढुंगेल ‘नाचौँ छमछम’ गीत ल्याएका छन् । ‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’, ‘आकाशैमा’ जस्ता चर्चित गीत दिएका गायक ढुङ्गेलले यो गीत तथा पुर्वेली जुहारी पारमा बनाएका छन् ।

केही समयदेखि अमेरिकामा रहेका गायक ढुङ्गेलले् यो गीत मार्फत आफ्नो गाउँ घरको सम्झना समेत गरेका छन् । गीतमा ढुङ्गेलको अलवा राजशुक्र लिम्बु, रुस्मा राई र फुङ्मा तुम्रोक लिम्बुको स्वर रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको अभिनय समेटिएको छ ।
भिडियो शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

Share
  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *