बास्कोटाको चलखेलका बिच को होला चलचित्र बिकाश बोर्ड अध्यक्ष ?

काठमाडौं । चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पद विगत ६ महिनायता खाली छन् । उक्त पद आफ्नो पक्षमा पार्ने राजेश हमाल, भुवन केसीदेखि दर्जन बढी कलाकर्मी शक्तिकेन्द्रहरु धाए ।
तर सन्चार तथा सुचना प्रबिधि मन्त्रालयले केही समय अगाडि एक सुचना प्रकाशन गर्दै बोर्ड अध्यक्षका लागि मागेको आवेदन भने जम्मा १० जनाले गरेका छन् ।
सुचना अनुसार अघिल्लो मंगलबार आवेदन दिने अन्तिम मिति थियो । उक्त मितिसँग भगवती कुमारी मैनाली, अभिनेता भुवन केसी, राजेश थापा, अर्जुन कुमार डंगोल, दयाराम दाहाल, ध्यान बहादुर राई, परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्रकुमार उप्रेती र दिपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका छन् ।
ब्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा अध्यक्ष चयन गरिने बताइएको यो पदका गतमंगलबारबाट अन्तवार्ता समेत सुरु भएको छ । जसको अन्तिम अन्तर्वार्ता आज साँझ समेत राखिएको छ ।
प्रकृया जे भएपनि अध्यक्ष भने राजनीतिक चलखेलमा नियुक्ति हुने गरेको छ । आवेदन दिने अधिकाम्स उमेद्वारहरु आफु अध्यक्ष हुनका लागि अहिले बिभिन्न शक्ति केन्द्र धाइरहेका छन् ।
आवेदन दिने मध्य यो पटक निर्देशक दयाराम दाहाल अध्यक्षका बलियो दावेदारको रुपमा हेरिएको छ । नेकपाको साँस्कृतिक भातृ संगठन जनपक्षीय चलचित्रकर्मी संघको समेत सिफारिस पाएका दाहाल भ्रष्टाचारमा मुछिएका पुर्व सन्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा नजिक मनिएका छन् ।
दयारामलाई नै बोड अध्यक्ष बनाउन पुर्वमन्त्री बास्कोटा अहिले प्रधानमन्त्री निवास बालुवाटारबाट भित्र रुपमा चलखेल गरिरेहका छन् ।
दाहाल बाहेक भुवन केसी, सोहित मानन्धर र अर्जुन कुमार पनि अध्यक्षका लागि बलियो दावेदार मानिन्छन् । यी तीनै ब्यक्ति पनि नेकपाका नेताहरुसँग नजिक मानिएका छन् । केही पहिले चर्चामा आएका अभिनेता राजेश हमालले भने अध्यक्ष पदका लागि आवेदन नै दिएनन् ।
ठुलै चलखेलबाट मात्र नियुक्त हुने बोड को बन्ने हुन् अहिले त्यसै भन्न सकिने अवस्था छैन । गत मंसिर २९ गते अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछी खाली रहेको उक्त पदले पुर्व मन्त्री बास्कोटाकै चलखेलको कारण समयमै योग्य ब्यक्ति पाउन नसकेको हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *