कपिलवस्तुका नौ सङ्क्रमितमध्ये ६ जना भारतबाट फर्किएका  

कपिलवस्तु।कपिलवस्तुमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार वाणगङ्गा र कपिलवस्तु नगरपालिका तथा मायादेवी गाउँपालिका गरी नौ जना सङ्क्रमित थपिएका हुन् । ती मध्ये वाणगङ्गाका पाँच, मायादेवीका तीन र कपिलवस्तुका एक रहेका छन् । मायादेवीका तीन र वाणगङ्गाका तीन सङ्क्रमित भारतबाट गत वैशाख २९ गते स्वदेश फर्किएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार वाणगङ्गा–७ का ५३ वर्षीय, वडा नं ५ का २७ वर्षीय, वडा नं १० का २५ वर्षीय, वडा नं ८ का २४ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेको वाणगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए। सङ्क्रमितलाई आइसोलेसनमा राख्ने विषयमा नगरमा छलफल गरी व्यस्थापन गरिने उनले बताए । यस्तै वाणगङ्गा–४ की आठ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ । बालिका आफ्नै घरमा रहेको सो गाउँपालिकाले जनाएको छ ।

मायादेवी– ४ का ४५ वर्षीय, वडा नं ५ का ३४ र ३६ वर्षीय दुई पुरुष रहेका छन् । तीन सङ्क्रमितलाई जनता प्रावि गौरामा राखिएको छ । मायादेवीमा भोलिसम्म आइसोलेसन तयार गरी व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष बजरङ्गी चौधरीले जानकारी दिए। कपिलवस्तु नगरपालिका–३ मा २९ वर्षीय पुरुषलाई सङ्क्रमण देखिएको छ ।

Share
  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *