दुई पत्रकार काेराेना सङ्क्रमित    

काठमाडाैं।आज सङ्क्रमण पुष्टि भएमध्ये दुई सञ्चारकर्मी रहेका छन् । ती मध्ये वाणगङ्गाका २४ वर्षीय र कपिलवस्तु नपाका २९ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सङ्क्रमित सञ्चारकर्मी सहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । ती सञ्चारकर्मी जिल्लामा रहेको क्वारेन्टिनको समाचार सङ्कलन गर्न फिल्डमा गएका समयमा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार वाणगङ्गा– ४ ठाकुरापुरमा आठ वर्षीया बालिकामा कोरोना सङ्क्रमण भएको छ । यसभन्दा अगाडि सोही स्थानकी छ वर्षीया बालिकामा कोरोना देखिएपछि यहाँ स्वाब सङ्कलन लिइएको थियो । त्यसमध्येबाट शुक्रबार थप एक बालिकामा सङ्क्रमण देखिएको हो ।

काठमाडौँमा उपचाररत बालिकालाई कोरोना देखिएपछि ठाकुरावासी र बालिकालार्ई काठमाडौँ लैजाने चालकको पिसीआर परीक्षण गरिएको थियो । ती मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको वाणगङ्गाका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । कपिलवस्तुका सबै पालिकामा कोरोना सङ्क्रमित देखिएका छन् । ती मध्ये यशोधरा गाउँपालिमामा १२, कपिलवस्तु नगरपालिकामा १०, महराजगञ्जमा नौ, कपिलवस्तु नगरपालिकामा नौ, बुद्धभूमिमा चार, शिवराज नगरपालिकामा तीन जना रहेका छन् । यस्तै मायादेवी गाउँपालिकामा ११, विजयनगरमा चार, शुद्धोधनमा दुई र वाणगङ्गा नगरपालिकामा छ रहेका छन् ।

Share
  • 11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *