८ चालक दलकाे सदस्यसहित १०७ यात्रु बाेकेकाे विमान पाकिस्तानमा दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको ए-३२० विमान कराँचीको मोडल कोलोनीमा दुर्घटना भएको हो । साे विमान कराँचीबाट जिन्नाह अन्तराष्ट्रिय विमानस्थलमा जाँदा दुर्घटना भएकाे हाे ।

घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । पाकिस्तानमा पाकिस्तानी उड्डयान प्राधिकरणका प्रवक्ता अब्दुल सत्तर खोखरका अनुसार, विमानमा विमानमा ९९ यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार रहेको सुरुवाती विवरण आएको छ । सामाजिक संजालहरुमा विमानबाट धुवा आएका तस्वीर र भिडियोहरु सार्वजानिक भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । यद्यपी विमान बस्तीका खसेका कारण थप हताहती हुनसक्ने पाकिस्तानी मिडियाले बताएका छन् । कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *