भक्तपुरमा एक जनासहित थप ९ मा कोरोना संक्रमण, देशभर ५ सय १६ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप ९ जनामा कोराना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ सार्वजानिक गरेको तथ्यांक अनुसार भक्तपुरमा एक जनासहित थप नौ जनामा कोरोना देखिएको हो । यो सँगै देशभर ५ सय १६ जनामा कोरोना संक्रमित पुगेका छन् ।
संक्रमित मध्ये भक्तपुर जिल्लामा ४२ वर्षिय एक महिलामा कोरोना संक्रमण देखिएको छ । भने मकवानपुरको ५४ वर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सप्तरीका एक ३५ वर्षिय पुरुष र बाराका २२ देखि ४५ वर्षसम्म सात पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *