रिबन

सिन्धुपाल्चोकमा कार्यरत स्वास्थ्यकर्मीको म्यादी जीवन बिमा गर्ने पूर्वमन्त्री बस्नेतको घोषणा

काेराेनाका कारणा आमा गुमएका शिशुको पालनपोषणमा १ लाख नगद हस्तान्तरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका सरकारी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गर्ने घोषणा गरेका छन ।
जोखिम मोलेर विरामीको उपचारमा खटिएका जिल्लाभरका सरकारी हस्पिटल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीमा कार्यरत डाक्टरदेखि सम्पुर्ण तहका स्वास्थ्यकर्मीको कोरोना बिमा(सामुहिक म्यादी जीवन बिमा) गरिदिने पूर्वमन्त्री बस्नेतले शुक्रबार घोषणा गरेका हुन ।
कोरोनाका संक्रमणका कारण पहिलो मानवीय क्षती बेहोरेको जिल्लामा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्यलाई मध्यनजर गरेर म्यादी जीवन बीमा गर्ने घोषणा गरेको पूर्वमन्त्री बस्नेतले संकल्प खवरसंगको कुराकानीमा बताए । कोरोनाको महामारीमा अहोरात्र नागरिकको सेवामा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोवाल उच्च राख्न यो निर्णय लिएको पूर्वमन्त्री बस्नेतले बताए ।
सरकारले लकडाउन घोषणा लगत्तै पूर्वमन्त्री बस्नेतले जिल्ला अधिकांश स्वास्थ्य संस्थालाई पीपीइ,माक्स, ग्लोवस,सेनिटाइजर लगायतका अत्यावस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए । नेता बस्नेतले बाह्रविसेका सडक मजदुरलाई राहत समेत उपलब्ध गराएका थिए ।

कोरोनाका कारण आमा गुमाएका शिशुको आफन्तलाई १ लाख नगद हस्तान्तरण
कोरोनाका कारण केही दिन अघि ज्यान गुमाएकी बाह्रबिसे ९ राम्चेकी २९ बर्षीय सुत्केरी महिलाको शिशुको पालन पोषण र शिक्षा दीक्षाको जिम्मेवारी लिएका पूर्वमन्त्री बस्नेतले आजै धुलिखेल अस्पताल पुगेर नगद नगद सहयोग उपलब्ध गराएका छन ।
बच्चाको लालनपालन र पौष्टिक आहराको लागि कांग्रेस नेता बस्नेतले आफ्नोतर्फबाट रु ५० हजार र बेलायत बस्दै आएका पावर्ती गुरुङ र मायाँ गुरुङले पठाएको ५० हजार गरी १ लाख रुपैयाँ शिशुको लालनपालन र रेखदेखमा खटिएकी मामाघरकी हजुरामालाई उपलब्ध गराए ।
कोरोना संक्रमणबाट मृत्यू भएकी महिलाबाट जन्मिएको शिशुकाे रिपोर्ट भने नेगेटिभ आएको छ ।  आजै धुलिखेल अस्पतालले शिशुकाे डिस्चार्ज गरेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट