बलिउड संगीतकर्मी वाजिद खानको कोरोनाबाट मृत्यु

एजेन्सी । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको कोरोना संक्रमणबाट निधन भएको छ । लामो समय देखि मृगौलाका रोगी खानको आइतबार अबेर राती निधन भएको छ । उनमा कोरोना संक्रमण देखिएको भारतीय संचारमाध्यमले जनाएको छ । उनी मुम्बईको चेंबुरस्थित सुराना अस्पतालमा उपचाररत थिए।

४२ वर्षिय वाजिद खानको पछिल्लो गीत ‘भाई-भाई’ एक हप्ता पहिले रिलिज भएको थियो। जसमा सलमान खानको अभिनय रहेको छ। चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *