विराटनगर महानगरपालिकाका अतिआवश्यक पसल मध्याह्न १२ बजेसम्म सञ्चालन हुने   

विराटनगर। विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुुराँ तथा सैलुुनबाहेक अतिआवश्यक पसल तथा व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

महानगरपालिका अन्र्तगत कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले भोलि बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका प्रमुुख भीम पराजुलीले जानकारी दिए। महानगरपालिकाले सामाजिक दूरी कायम गरी सुुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए  ।

व्यवसाय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले संयुुक्तरुपमा अनुुगमन गर्ने व्यवस्था मिलाइएको छ । मापदण्ड विपरीत सामाजिक दूरी कायम नगर्ने र तोकिएको समयबाहेक अन्य समयमा व्यवसाय सञ्चालन गरेको पाइएमा कारवाही हुुने महानगरपालिका प्रमुुख पराजुुलीले बताए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *