रिबन

आफुले पाउने संसदको सेवा सुविधाबाट कांग्रेस सभापति देउवाले गृहजिल्ला पठाए राहत सामाग्री

काठमाडौं।नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा राहात पठाएका छन । सभापति देउवाले संसदको सेवा सुविधाबाट विपन्न नागरिक र क्वारेन्टाइनमा बसेकाहरुलाई राहत पठाएका हुन ।
प्रतिनिधि सभा सदस्य देउवाले लकडाउनका समयमा पहिलो पटक राहात वितरणका लागि १ सय ४० कुन्टल चामलसंगै दाल, नुन, तेल, चिनि र चियापत्ति गृह जिल्ला पठाएका छन ।

सभापति देउवाद्वारा सातवटा स्थानीय तह लाई २० कुन्टल चामलका दरले राहत स्वरुप खाद्यान्न भएको जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्टले बताए । भट्टका अनुसार चामलसंगै पौने १६ कुन्टल दाल, पौने दुई कुन्टल चिनि, दुई कुन्टल नुन, ३५ किलो चियापत्ति र ३५ पेटी तेल सभापति देउवाले उपलब्ध गराएका छन । समन्वय समितिमार्फत सातै वटा स्थानीय तहलाई शुक्रबार खाद्यान्न हस्तान्तरण गरिएको भट्टले बताए ।

प्रत्येक स्थानी य तहका लागी २५ किलो तौल भएको सोना चामल ८० कट्टा (२० कुन्टल)मसुर दाल एक कुन्टल, केराउ र चना दाल ५०÷५० किलो, सफेद मटर २५ किलो, चिनि २५ किलो, नुन २८ किलो, चियापत्ति २५ किलो र तेल ५ पेटीका दरले स्थानीय तहलाई हस्तान्तरण गरिएको समन्वय अधिकारी करुणाकर अवस्थीले बताए ।

सात वटा स्थानीय तहका लागि पूर्वप्रधानमन्त्री देउवाले कञ्चनपुरबाट खाद्यान्न डडेल्धुरा पठाएका थिए । भित्रिमधेश जोगबुडा क्षेत्रमा रहेका दुई वटा स्थानीय तह परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका लागी डोटीको बुडरबाट बिहिबार नै खाद्यान्न पठाईएको थियो । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका लगायत अन्य पाँच वटा गाउपालिकाका लागी पठाईएको खाद्यान्न समन्वय सिमितीको हलमा राखिएको छ । खाद्यान्नको बिवरण स्थानीय तहलाई शुक्रबार बुझाईएको बताउदै अवस्थीले भने स्थानीय तहले आफै ढुवानी गरि लैजाने बताए ।
सभापति देउवाले संसदको सेवा सुविधाबाट जिल्लामा राहत उपलब्ध गराएको उनका सहयोगी विरेन्द्र थापाले बताए । उनका अनुसार विपन्न नागरिक र क्वारेन्टाइनमा बसेका मानिसहरुका लागि स्थानीय तहमार्फत खाद्यन्न उपलब्ध गराइने छ । सभापति देउवाले राहतलाई निरन्तरता दिदै लाने थापाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट