बाढीबाट घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । बाह्रबिसे नगरपालिका ५ जम्बुकी सविना बस्नेतको उद्धार गरिएको हो । उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते सुवेश वाइवालाको उद्धार गर्न हेलिकोप्टर सिन्धुपाल्चोक गएको छ। बाह्रबिसेमा बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी घाइते भएका ई उद्धार गरेर राखिएको छ। अहिले मौसममा सुधार आएको छ ।

मध्यभोटेकोशी आयोजनामा क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता

बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए । आयोजनाका उपकरण राखेको भण्डार गृह बाढीले बगाएको छ । आयोजनाका महँगा उपकरण टर्बाइन रनर, जीआईएस र जीटी बाहेक सबै उपकरण त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान गरिएको छ । आयोजनाको विद्युत गृहमा माटो भरिएको छ ।

Share
  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *