पूर्वाधार निर्माणको अबसर

सन् २०२० मा   धेरै देशहरुको आर्थिक बृद्धिदर ऋणात्मक हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । तर  नेपाल त्यसको अपवाद बनेको छ ।  चालु आर्थिक वर्षको  वजेट पेश गर्ने क्रममा अर्तमन्त्री डा. युवराज खतिवडाले    आर्थिक वृद्धिदर ६ प्रतिशतबाट खुम्चेर २ प्रतिशतमा झर्ने अनुान गरेका थिए ।  विश्वबैंकले भने १ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेको छ । विश्वका अधिकांश विकसित मुलुकहरूको आर्थिक वृद्धिदर ऋणात्मक भइरहेका बेला नेपालले एक प्रतिशतवृद्धिदर हासिल गर्ये भने पनि  त्यसलाई निराशाजनक मान्नु हुन्न ।

 कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढिरहेको र नियन्त्रणको कुनै लक्षण नदेखिएको अवस्थामा  अहिले नै  आर्थिक वृद्धिदरको प्रक्षेपण गर्नु हतार हुनेछ ।  यो संक्रमण कहाँसम्म पुग्छ ? यसले कतिसम्म क्षति पुर्याउँछ ? अहिले नै यसै भन्न मिल्ने अवस्था छैन ।  जबसम्म कोरोनाको औषधी तथा खोप पत्ता लाग्दैन वा जबसम्म प्राकृतिक रुपमा नै कोरोना नियन्त्रणमा आउँदैन तब सम्म  विश्व अर्थतन्त्र ओरालो लागिरहने निश्चित जस्तै छ, तर ओरालोको गति कति हुने ? भन्ने कुरा संवन्धित मुलुकहरुको व्यवस्थापनमा भर पर्छ । उदाहरणका लागि कोरोनाको उद्गम मुलुक चीनले कुसल व्यवस्थापकीय  क्षमता अपनाएर आफ्नो अर्थतन्त्रलाई ध्वस्त हुन दिएको छैन ।  विश्वका अरु मुलुकहरूको तुलनामा चीनको आर्थिक वृद्धिदर सन्तोषजनक नै छ ।

कोरानाको यो महामारीले विश्व अर्थतन्त्रमा एउटा गतिलो पाठ सिकाएको छ । त्यो हो –‘जुन मुलुकमा आम्दानीको स्रोतमा विविधता छ,ती मुलुकहरुको अर्थतन्त्रको जोखिम कम देखिएको छ । जुन मुलुकको आम्दानीको स्रोतमा विविधता छैन ति मुलुकहरू चुर्लुम्म डुवेका छन् । उदाहरणका लागि खाडी राष्ट्रहरूलाई लिन सकिन्छ । ती राष्ट्रह?को आम्दानीको ९० प्रतिशत भन्दा ठूलो स्रोत पेट्रिलियम पदार्थको विक्रि हो , तर यतिबेला पेट्रोलियम पदार्थको मुल्य ऋणात्मक हुन पुगेको छ । यसै गरी पर्यटनमा भर पर्ने मुलुकहरु , अत्यावश्यकीय समान बाहेक अरु सामन उत्पादन गर्ने मुलुकह? , बैदेसिक रोजगारीमा भर परेका मुलुकहरुको अर्थतन्त्र डाँवाडोल हुने अवस्थामा छ ।

  हामीलाई मुख्य चासो भनेको  आफ्नै मुलुकको अर्थतन्त्रका विषयमा हो । जुन मलुकको  कुल ग्राहस्थ उत्पादनमा बैदेसिक रोजगारीको हिस्सा २० प्रतिशत भन्दा बढी छ त्यो मुलुकको अर्थतन्त्र अब संकटमा पर्ने प्रक्षेपण विश्वबैंकले गरेको छ । त्यसैले नेपालको अर्थतन्त्र संकटमा पर्ने निश्चित छ । किनकी  नेपालको कुल ग्राहस्थ उत्पादनमा बैदेसिक रोजगारीको योगदान करिव ३० प्रतिशत छ । यसै गरी हाम्रो अर्थतन्त्रमा पर्यटन व्यवसायको योगदान प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ प्रतिशतको हाराहारीमा छ । अब केही वर्ष पर्यटन व्यवसाय समाप्त हुने निश्चित जस्तै छ ।  पहिलो कुरा त कोरोनाका कारण हामी विदेशी पर्यटकलाई  निमन्त्रणा गर्न सक्ने अवस्थामा छैनौ , गरे पनि उनीहरु  कोरोना संक्रमण अवधिभर आउँदैनन् ।  यसैगरी  कोराना संक्रमण सकिए पछि पनि उनीहरुलाई केही वर्ष आर्थिक उपार्जनकै लागि विताउनु पर्नेछ , किनकी घुम्नका लागि रकम जुटाउनु पर्ने हुन्छ । हामी कहाँ आउने विदेशी पर्यटक भनेका अधिकांश श्रमजीविह? नै हुन् । यतिबेला श्रमजीविहरूको  रोजगारी कटौती भएको छ ।

 यसैगरी हाम्रो अर्थतन्त्रमा यातायातको क्षेत्रले पनि ठूलो योगदान पुर्याएको छ । करिव १५ लाखलाई प्रत्यक्ष रोजगारी दिएको अनुमान गरिएको छ । विगत चार महिना देखि ठप्प रहेको यातायातको क्षेत्र कहिले सुचारु हुने हो ? त्यसको टुंगो छैन । यातायात मजदुरहरु बेरोजगार बनेका छन् ।

 हाम्रो अर्थतन्त्र तथा राज्यको आम्दानीको मेरुदण्ड भनेको बस्तु आयत पनि हो । बस्तु आयतबाट प्राप्त हुने भन्सार तथा मुल्य अभिवृद्धि करको हिस्सा हाम्रो मुलुकको राजश्वमा करिव ५० प्रतिशतको हाराहारीमा छ ।  राज्यलाई प्राप्त हुने यो आम्दानी यतिबेला सुकेको छ । बस्तु आयतपछि  आन्तरिक ढुवानी , थोक विक्रेता , खुद्रा विक्रेता हुँदै उपभोक्ता सम्म पुग्ने क्रममा धेरैले रोजगारी पाएका हुन्छन् । यस क्रममा अर्थतन्त्र धेरै पटक चलायमाना भइरहेको हुन्छ । तर अहिले यो गति पनि ठप्प छ ।

 यसैगरी पछिल्लो समयमा मुलुकमा सन्तोषजनक विकास भएको बैंक तथा वित्तीय क्षेत्रको हो ।  केही वर्ष अघि सम्म  बैंकह? मुख्य शहर तथा जिल्ला सदरमुकाम भन्दा बाहिर जान सकेका थिएनन् । बैंकबाट कर्जा पाउन त परै जाओस , आँफुसँग भएको रकम राख्न र झिक्नका लागि पनि ठूलो पापड बेल्नु पर्ने अवस्था थियो , तर छोटे अवधीमै मुलुकमा धेरै बैंक तथा वित्तीय संस्थाह? खुले । गाउँ–गाउँमा र टोलटोलमा पुगेर सेपा दिने होडवाजी चल्यो । मुलुकका ७ सय ५३ ओटै पालिकामा बैकिंङ सुविधा पुगेको छ । ऋण लिनका लागि सोसैफोर्स लागुनु पर्दैन । बैंकहरु ऋण चाहियो की ? भनेर सोध्दै घरघरमा आउन थालिसकेका थिए । यो अवस्था भनेको  कुनै पनि मुलुकको अर्थतन्त्रका  लागि स्वर्ण युग हो ।  यो स्वर्ण युग नेपालमा भरखर सुरु भएको थियो ।  तर कोरोनाले थल पारिदिएको छ । यतिबेला मुलुकका सबै बैंक तथा वित्तीय संस्थाह?को हालत धेरै खराव छ ।  लक डाउनका कारण मानिसहरुले खर्च तथा लगानी गर्ने ठाउँ पाएका छैनन् । आँफू सँग भएको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका छन् । यस वापत बैंकह?ले ठूलो परिमाणमा व्याज तिर्नु परिरेहको छ । तर  जम्मा भएको निक्षेप लगानी गर्न बैंकहरूले सकेका छैनन् । अब ब्याज केले तिर्ने ? बैंकहरुका लागि ठूलो समस्या उत्पन्न भएको छ ।  केही बैंकहरुले कर्जाको व्याजदर ह्वात्तै घटाउँदै विज्ञापन गर्न थालेका छन् । निक्षेपको  व्याज भन्दा पाँच प्रतिशत सम्म बढी व्याज लिएर विगतमा कर्जा प्रदान भइरहेको थियो । यस्तो चर्को व्याजको कर्जा लिन पनि हारालुछ हुन्थ्यो , तर अहिले निक्षेपको भन्दा एक दुई प्रतिशत मात्रै बढी व्याज लिएर कर्जा प्रवाह गर्न खोज्दा पनि कसैले वास्ता नगरेको बैंकर्सह?को गुनासो छ ।

   कर्जा तथा निक्षेपको व्याजदर ठूलो परिमाणमा घटेको मात्रै छैन ,  फलाम , सिमेन्ट जस्ता निर्माण समाग्रीको मुल्य उल्लेख्य रुपमा घटेको छ , अर्थात १० वर्ष अघिको भन्दा अहिले करिव २० प्रतिशत कम मुल्यमा फलाम सिमेन्ट उपलव्ध हुन थालेको छ । अर्कातिर  मुलुकको श्रम शक्ति बेरोजगार भइरहेको छ । यस्तो अवस्थामा सरकारले  मुलुकको श्रम शक्तिलाई पुर्वाधार निर्माणको काममा लगाउने वातावरण बनाउन कत्ति पनि ढिला गर्नु हुन्न । सरकारले उचित व्यवस्थापन गर्न जान्ने हो भने कोरोनाको कहर मुलुकका लागि  पूर्वाधार निर्माणको अवशर पनि हुनसक्छ ।  अन्य  क्षेत्रमा कटौती भएको रोजगारी पुर्वाधार निर्माण तथा कृषिको क्षेत्रमा लगाउने हो भने मुलुकको आर्थिक वृद्धिदर विश्वबैंकले प्रक्षेपण गरे भन्दा माथि हुनसक्छ ।

Share
  • 285
    Shares

One Reply to “पूर्वाधार निर्माणको अबसर”

  1. समसामयिक रचना ।राम्रो लाग्यो ।निरन्तरता को लागि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *