इंग्ल्याण्ड–वेस्ट इण्डिज टेष्ट सिरिज : इंग्ल्याण्डको पहिलो पारी २०४ रनमै समेटियो

 

एजेन्सी । कारोना भाइरसका कारण चार महिना पछि सुरु भएको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डको पहिलो पारी २०४ रनमै समेटिएको छ । साउथह्याम्पटनमा सुरु भएको इंग्ल्याण्ड–वेस्टइण्डिज टेष्ट सिरिजको दोस्रो दिन बिहीबार इंग्ल्याण्डले सबै विकेट गुमाएर २०४ रन मात्र बनायो । उसले यस क्रममा ६७ दशमलव ३ ओभर खेल्यो ।

इंग्ल्याण्डका लागि कप्तान बेन स्टोक्सले ४३, जोस बटलरले ३५, डोम बेसले अविजित ३१ तथा रोरी बर्नसले ३० बनाए । वेष्ट इण्डिजका जेशन होल्डर एक्लैले ६ विकेट लिए । उनले २० ओभरमा ६ मेडन राखि ४२ रन खर्चिए । यस्तै सानन ग्याबरियलले चार विकेट लिए । उनले १३ ओभरमा चार मेडनसहित ५३ रन दिए । वेष्ट इण्डिजले जवाफी ब्याटिड गर्ने क्रममा पहिलो पारीको समय सकिदासम्म १९ दशमलव तीन ओभर खेल्दै एक विकेट गुमाएर ५७ रन बनायो ।

वेष्ट इण्डिजका जन क्याम्पवेल २८ रनमा पवेलियन फर्के । के्रग बर्थवेट र साइ होप क्रमशः २० रन र ३ रनका साथ मैदानमा छन् । इंग्ल्याण्डका जेम्स एन्डरसनले आठ ओभरमा चार मेडन राख्दै १७ रन खर्चेर एक विकेट लिएका छन् । दोस्रो पारीको खेल शुक्रबार राति हुनेछ ।

Share
  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *