कांग्रेसको केन्द्रीय खेलकुद विभाग विस्तार,को-को परे विभागमा ?

काठमाडौं । नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले खेलकुद विभागको विस्तार गरेका छन । विभाग प्रमुख एवं पूर्व मन्त्री बस्नेतले शुक्रबार विभागमा दुई पदाधिकारीसहित २५ सदस्यको नाम मनोनयनका लागि पार्टी सभापति शेरबहादुर देउवा समक्ष सिफारिस गरेका हुन ।
विभाग प्रमुख बस्नेतले पार्टी सभापति शेरबहादुर देउवासंगको परामर्शमा विभागको उप–प्रमुखमा मोहनकुमार राई र सचिवमा मीनकृष्ण महर्जनलाई मनोनयनका लागि सिफारिस गरेका छन ।
नेता बस्नेतले विभागको सदस्य मनोनीतका लागि मणिभुषण यादव (बारा), उपेन्द्र यादव (सिरहा), दीपराज गुरुङ (काठमाडौं), विजेन्द्र हमाल (बाँके), शोभितराज प्रसाइँ (मोरङ), किशोर राई (सुनसरी), लनम चौधरी (झापा), जितबहादुर केसी (दाङ), पंकज नेम्वाङ (झापा), कृष्ण शर्मा (बर्दिया), प्रतिमा शाही (डोटी), पूर्णसिंह बोहरा (डोटी) ,उद्धव खड्का (काठमाडौं), उमेश खड्का (भक्तपुर), राजु कँडेल (नुवाकोट), देवकुमार मानन्धर (स्याङजा), भानु चन्द (कञ्चनपुर), कुवेरप्रकाश सिंह (कैलाली), सिंहबहादुर तामाङ (दोलखा), टपेन्द्र दर्नाल (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), डम्बरबहादुर खड्का –इलाम) र शिव आचार्य (रुकुम) को नाम सभापति देउवासमक्ष मनोनायनका लागि सिफारिस गरेका छन ।
जुझारु नेता बस्नेतले खेलकुद  विभाग प्रमुखको जिम्मेवारी पाएलगत्तै कार्यालय स्थापना गरेरे गतिविधि अघि बढाएका छन ।

Share
  • 245
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *