अभिनेता अमिताभ र अभिषेक कोरोना भाइरसबाट संक्रमित

एजेन्सी । भारतीय सिनेमाका चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवं अभिनेता अभिषेक बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । दुवै जनाले आफुहरु कोरोना भाइरसबाट संक्रमति भएको बताएका छन् । अमिताभ र अभिषेकलाई मुम्बईको नानावती अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री हर्षवर्धनले पनि दुवै जना सङ्क्रमित भएको पुष्टि गरेका छन् ।

बच्चन परिवारका अन्य सदस्य तथा कर्मचारीको परीक्षणका लागि नमूना पठाइएको र नतिजा आइनसकेको बताइएको छ । भारतको महाराष्ट्रको मुम्बईमा शनिबारसम्म कूल ९१ हजार ४५७ जना कोरोनबाट सङ्क्रमित छन् । झण्डै २२ हजार ७७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आइतबारसम्म पाँच हजार २४१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share
  • 12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *