जया बाहेक बच्चन परिवार कोरोनाबाट संक्रमित

 

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन परिवारका चार सदस्यमा कोरोना पोजेटिव देखिएको छ । अमिताभकी श्रीमति एवं अभिनेत्री जया बच्चनमा मात्र कोरोना परिक्षण नेगेटिव देखिएको छ । अमिताभसँगै उनका छोरा एवंं नायक अभिषेक, बुहारी ऐेश्वर्या र नातिनी आराध्या कोरोना भाइरसबाट संक्रमित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शनिबार अमिताभ र अभिषेकमा कोरोना संक्रमण देखिएको थियो । आइतबार बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पाजेटिव देखिएको हो । अमिताभ र अभिषेकले ट्विट गर्दै आफुहरु कोरोनाबाट संक्रमित रहेको जानकारी गराएका छन् । अमिताभ र अभिषेकको मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ । ऐश्वर्या र आराध्या भने घरमै सेल्फ क्वारेन्टाइनमा रहेका छन् ।

Share
  • 17
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *