जुनियर बेकह्याम बिबाहको तयारीमा

 

एजेन्सी । इंग्ल्याण्ड फुटबल टिमका पूर्व कप्तान डेविड बेकह्यामका जेठा छोरा ब्रोक्लिन बिबाहको तयारीमा जुटेका छन् । ब्रोक्लिनले आइतबार प्रेमीका निकोला पेल्टजसित स्वंयम्बर गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । छोराको स्वंयम्बरको उपलक्ष्यमा डेविडले सोसल मिडियामार्फत बधाई दिएका छन् । ब्रोक्लिनकी आमा भिक्टोरीयाले पनि छोरालाई बधाई दिएकी छन् ।

बीस वर्षीय ब्रोक्लिनले आफुभन्दा पाँच वर्ष जेठी निकोलासित बिबाह गर्ने तयारी गरेका हुन् । दुवैको एक वर्ष अघि मात्र भेट भएको बताइएको छ । ब्रोक्लिनले पनि आफु निकोलासित बिबाह गर्न लागेको सोसल मिडियामार्फत आफना प्रशंसकलाई दुई साता अघि सार्वजनिक गरेका थिए ।

Share
  • 9
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *