मधुसुदनलाई स्वर्ण पदक

 

काठमाडौँ । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज प्रतियोगिता अन्तर्गत तेक्वान्दोको पुम्से विधामा नेपालका मधुसुदन सापकोटाले स्वर्ण पदक जितेका छन् । भर्चुअल प्रतिस्पर्धामा सापकोटाले ४० वर्ष माथिको उमेर समूहमा स्वर्ण जितेका हुन् ।

तेक्वान्दोको पुम्से स्पर्धामा नेपालकी प्रगती कुइकेल र आयुश बोहराले रजत पदक प्राप्त गरे भने भिजन तामाङ र प्रविण श्रेष्ठले कास्य पदक प्राप्त गरेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए । प्रगतीले १३–१४ वर्ष उमेर समूह र आयुशले १५–१७ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । यस्तै भिजनले १०–१२ वर्ष उमेर समूह र प्रविणले यु–१९ तर्फ विपक्षीसँग भिडेका थिए । उक्त प्रतियोगितामा नेपालबाट आठ खेलाडी सहभागी छन् । नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको खड्काले बताए । उक्त प्रतियोगितामा १२ देशका ३७५ खेलाडी सहभागी छन् ।

Share
  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *