रिबन

झलनाथ खनालको आक्रोस : पाँच वर्ष ओलीले शासन चलाए नेकपाको जनमत जफ्त हुन्छ


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार पाँच वर्षसम्म सञ्चालन भएमा नेकपाको जनमत समाप्त हुने बताएका छन् । सोमबार सहाना प्रधानको स्मृतिमा आयोजित एक जुम भिडियो कार्यक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्री अ‍ोली नेतृत्वको सरकार अहिलेको आवश्यकता नभएको बताउदै उनलाई सरकारबाट हटाउनु पर्ने बताएका छन् ।
‘पार्टीमा फटुने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रसित भएर बस्ने । यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा रुट आउट हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ’, उनले भने । त्यस्तै उनले यो सरकारको जताततै विरोध बढेको उल्लेख गर्दै अहिले नै आधा जनमत खुम्चिसकेको बताएका छन् । ‘प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ’, उनले भने । सोमबारको कार्यक्रममा खनालले भारत र चीनसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएका छन् । ‘छिमेकी देशसँग सम्बन्ध सुमधुर राख्नुपर्छ, अन्य देशसँग पनि सम्बन्ध राम्रो बनाउनु पर्छ । असंलग्न नीति छाड्नु हुँदैन,’ नेता खनालले भने, ‘छिमेकीसँग सम्बन्ध बिगार्न थालियो भने ठूलो समस्या आउँछ ।’
खनालले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिएपनि चाँडै निष्कर्षमा पुग्ने बताए। ओलीको नेतृत्वका सरकार नै अनियमितताको संलग्न भएको र त्यसबारे चित्तबुझ्दो जवाफ दिन नसकेको उनको आरोप छ।‘नयाँ ढंगले नसोची हुँदैन,’ खनालले भने, ‘सुधार नगरी हुँदैन, ‘कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल भएर निर्णय भएको छैन। अहिलेको संघर्ष भनेको ओलीको गुट र पार्टीबीचको संघर्ष हो,’ उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *