प्रचण्ड निवासमा ६ शीर्ष नेताहरुको बैठक, पाण्डे, रावल र विष्ट पनि खुमलटारमा

 काठमाडौं । सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद अर्ली महाधिवेशनको प्रस्तावले रनभुल्लमा पारेको छ । विवाद समाधान उन्मुख भएको टिप्पणी भईरहेका बेला अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा सचिवालयका ६ नेताको छलफल राखेका छन् । त्यसक्रममा माधव नेपाल समूहका नेताहरु पनि प्रचण्ड निवासमा पुगेका छन् । माधव नेपाललाई धोका दिएको महशुस भएपनि नेपाल पक्षका नेताहरु प्रचण्ड निवासमा पुगेका हुन् ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमै महाधिवशेन गर्न राखेको प्रस्तावमा प्रचण्डले पनि समर्थन जनाएपछि पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए । मंसिरमा महाधिवशेन सम्भव नहुने र ओलीले आफ्नो संकट टार्न भुलभुलैयामा पार्नलाई यो विषय ल्याएको भन्दै नेताहरुले प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डको सचिवालयले कुनै सहमति भईनसकेको प्रष्टयाईसकेको छ । नेताहरुले भने ओली र प्रचण्डका बीचमा कुनै सहमती भएर त्यस्तो प्रस्ताव आएको हुन सक्ने आशंका गरिरहेका थिए । तर प्रचण्डको सचिवालयले भने कुनै सहमति भईनसकेको बताईसकेको छ । त्यही क्रममा आज (आईतबार) बिहान प्रचण्डले पार्टीका ६ नेतालाई बोलाएर यसबारेमा प्रष्टयाउन खोजेका हुन् ।
असन्तुष्ट नेताहरुलाई आफुले कुनै सहमति नगरेको जानकारी गराउन उनले खुमलटार बोलाएको बताईएको छ । छलफलका लागि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामवहादुर थापा बादल खुमलटार पुगेका छन् । साथै नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्ट लगायतका नेताहरु पनि सहभागी भएको प्रचण्ड निवास स्रोतले जनाएको छ ।
Share
  • 642
    Shares

One Reply to “प्रचण्ड निवासमा ६ शीर्ष नेताहरुको बैठक, पाण्डे, रावल र विष्ट पनि खुमलटारमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *