दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा सूचना तथा प्रविधि प्रयोगशाला स्थापना  

ललितपुर।वाग्मती गाउँपालिका–४ प्युटारको कालेदेवी माध्यमिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला सञ्चालनमा आएको छ । दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रयोगशाला जडान गरिएको हो ।

प्राधिकरणले विद्यालयमा डेस्कटप कम्प्युटर २४ थान, चार सिसी क्यामेरासहितको सिसी टिभी, १० केभि क्षमताको इन्भर्टर तथा १६ वटा ब्याट्री, एक थान स्क्रीन सहितको प्रोजेक्टर, उच्च क्षमताको राउटर सहितको नेटवकिङ प्रविधि, दुई थान इन्टरनल र एक्सटनल डिभिडि जडान गरिदिएको प्रधानाध्यापक ठाकुर लामाले बताए।

उनले भने, “कक्षा छ देखि १० सम्म अध्ययनरत विद्यार्थीले यस प्रविधिको प्रयोग गर्नेछन् ।” विद्यालयमा कक्षा छ देखि १० सम्म अध्ययनरत करिब २५० विद्यार्थी अध्ययनत रहेका छन् । “यसअघि विद्यालयमा ३ वटा ल्यापटप र ४ वटा डेस्कटप कम्प्युटर मात्र प्रयोगमा रहेका थिए”, प्रअलामाले भने । यसैगरी प्राधिकरणले वडा नं ७ गिम्दीको नारायणी माविमा पनि प्रविधि सहयोग गरेको बताइएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *