दामको पूजामा लोभिदा

लामो समयदेखि मोफसलमा बसेर साहित्य सिर्जनामा लागी पर्ने बद्री ढकाल ‘हिरामणि’को जापानी शैलीका हाइकुको वृmति ‘दामको पूजा’ नेपाली साहित्यमा आएको छ जुन स्वगत योग्य छ । हाइकु लेखनको मर्म र प्रयोग गरेका विम्ब कलात्मक देखिएको हुँदा हाइकुको ओज बढेको छ ।

हाइकु जापानी लोकप्रिय छोटो कविता । तथापि हाइकुले चिनियाँ लोकसंस्कृति अर्थात दरबारिया परम्पराबाट प्रभावित भएर जापानमा प्रवेश पाएको हो । सातौँ आठौँ शताब्दीतिर जापानमा हाइकाइ र होक्कु लेखियो भिन्न भिन्न तरिकाले । हाइकाइमा व्यङ्ग्यात्मक भाव प्रस्तुत हुन्थ्यो भन्ने होक्कुमा थकान मेट्न वा विद्रोही भावना घटाउने भाव प्रस्तुत हुन्थ्यो । अन्ततः हाइकाइको सुरूको अक्षर र होक्कुको पछिल्लो अक्षर मिलाएर हाइकु नामाकरण भयो । नाम जुर्याउने काम सिकिले गरे ।

चीनमा बौद्घ धर्मको प्रभाव थियो । गुरूको निर्देशनअनुसार चेलाहरूले प्रवृतिको काखमा ध्यानमा लिप्त भई गुम्बाहरूमा चित्र कोर्दथे । यसरी हजारौँ वर्ष अघिदेखि कलाकारले कोरेको चित्रको प्रभावमा हाइकु जन्मेको हो । सन् १६४४ बाट जापानमा हाइकु लेखन थालिएको हो । जापानमा हाइकुमा बासोको नाम अगाडि आउँछ त्यसपछि मात्र बुसोन, सिक्की र इस्साको ।

पूर्ण रूपमा शास्त्रीय संरचनामा लेखिने हाइकु ओजिलो, बोजिलो र पेचिलो हुनु पर्दछ । हाइकुलाई दर्शनको रूपमा पनि लिइन्छ । प्रतीकात्मक, व्यङ्ग्यात्मक र मार्मिक हुनुका साथै हाइकुमा मानवीय संवेदनालाई अभिव्यक्त गर्न सहज हुन्छ । कविताको सम्पूर्ण गुण हाइकुमा हुनु पर्दछ । तीन लाइनमा लेखिने हाइकुको पहिलो पाँच, दोस्रो सात र तेस्रो पाँच गरी जम्मा १७ अक्षरको हुन्छ । यद्यपि, खुट्टा काटिएको र आधा अक्षरलाई गणना गरिँदैन ।
जापानी शैलीका हाइकु नेपालमा मात्रै होइन अन्य देशमा पनि फैलिएको छ । नेपालमा नेवारी, हिन्दी, थारू, मैथली, तामाङ आदि भाषामा पनि हाइकु लेख्न थालिएको छ । सामाजिक सञ्जालदेखि लिएर पत्रपत्रिका, रेडियो र टेलिभिजनका पर्दाहरूमा हाइकु पढ्न पाइन्छन् ।

नेपालमा हाइकु प्रवेश गराउने पहिलो स्रष्टा हुन् शंकर लामिछाने । जापानको छोटो समयको बसाइपश्चात् उनले वि.सं. २०१९ सालमा ‘रूपरेखा’ पत्रिकामा ‘सूर्योदय’ शीर्षकको हाइकु छपाएका थिए । त्यस्तै पारिजातको उपन्यास ‘शिरीषको फूल’मा पनि उनले हाइकुलाई प्रवेश गराएका ।

जापानी साहित्यको विशेषतः छोटो कविताबाट सबै प्रभावित थिए । एज्रा पाउन्ड र अमेरिकी कविहरूले जापानी वाकाको अध्ययन गरे । एज्रा पाउन्डले दुई लाइन र छोटो कविता लेख्न थाले । ती कविताका बारेमा डा.अभि सुवेदी र पुष्कर लोहनीले नेपालमा बहसको थालनी गरेका थिए । वि.सं. २०२२ सालमा ‘हिमानी’ पत्रिकामा पुष्कर लोहनीले एज्रा पाउन्डको छोटो कवितालाई नेपालीमा अनुवाद गरे । प्रमोद प्रधानले वि.सं.२०३८ मा विराटनगरबाट प्रकाशित ‘कदर’ पत्रिकामा हाइकु सम्बन्धी लेख प्रकाशन गरेको देखिन्छ । २०४० सालपछि जापानी प्रोजेक्टबाट जापानी वाकालाई नेपाली माटोमा भिजाउने काम भयो । क्षेत्रप्रताप अधिकारीले पनि लामो समय जापानमा बसेर खोजीनिधि गरी हाइकु र हाइकु सम्बन्धी लेख रचना विभिन्न पत्रपत्रिकामा छपाएका थिए । सैद्घान्तिक पक्षलाई हाइकुमा ढाल्ने काम चाहिँ डा. अभि सुवेदीले गरे । २०५६ पछि पुष्कर लोहनीले सबैलाई स्थान दिएर हाइकु अड्डा खडा गरे । २०६२ मा रामकुमार पाडेको पहलमा हाइकु सम्मेलन भयो ।

यसरी हाइकु लेखन र हाइकुको गतिविधिमा संलग्न हुनेहरू थुप्रै देखा परे । हाइकु लेखनमा मञ्जुल राल्फा, मोहनहिमाशु थापा, रत्नशमशेर थापा, माधवलाल कर्माचार्य, जीवन सुवेदी, जनप्रसाद सापकोटा, रामदयाल राकेश, गोविन्द गिरी प्रेरणा, रमेश प्रभात, धिरज गिरी, कपिलदेव खनाल, उज्ज्वल जी.सी., व्याकुल पाठक, बिष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ, सुरेन्द्र महर्जन, विके पाल्पाली, चेतनाथ धमला, रेणुका भट्टराई, बैरागी जेठा, किरण पौडेल, शान्तिनारायण श्रेष्ठ, दिनेश गुधुली, प्रकाश पौडेललगायत थुप्रै युवा आकर्षित भएको देखिन्छ । ती युवामध्ये एक हुन् – बद्री ढकाल ‘हिरामणि’ ।

वि.सं. २०३२ फागुन २८ गते माता खिमादेवी ढकाल र पिता निधुप्रसाद ढकालको सुपुत्रका रूपमा स्याङ्जाको फापरथुममा जन्मेका बद्री ढकाल ‘हिरामणि’ सानै उमेरदेखि कटविता विधामा कलम चलाएर साहित्यमा प्रवेश गरेका हुन् । कोहलपुर बाँके टअस्थायी बसोबास गर्दै आइरहेका उनी कोहलपुरस्थित जनता माध्यामिक बिद्यालयमा मा.वि. तह स्थायी पदमा विज्ञान तथा गणित शिक्षकमा कार्यरत छन् ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान नेपाली हाइकु केन्द्र, पूर्णिमा साहित्यिक पत्रिका, मधुरिमा नेपाल कला केन्द्रजस्ता संघसंस्थामा सव्रिmय रहँदै आएका उनी साहित्य कुञ्ज सम्मान, खुल्ला लोक गीत सान्त्वना पुरस्कार, इमेज एफ. एम.को तिम्रो सुर मेरो गीत अवार्डबाट सम्मानित भइसकेका छन् ।

शिक्षण पेशामा आवद्घ भएका ढकाल समयलाई सदुपयोग गर्दै नेपाली साहित्यको कविता, गीत, हाइकु, मुक्तक, निवन्ध विधामा कलम चलाउँदै जाँदा उनले आफ्नो एकल पहिलो वृmतिको रूपमा हाइकु सङ्ग्रह लिएर आएका छन् – ‘दामको पूजा’ । वि.सं. २०७० मा प्रथम संस्करण हुँदै २०७० मा नै दोस्रो र २०७१ मा तेस्रो संस्करण प्रकाशन गर्न सफल भएको देखिन्छ ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेद्वारा प्रकाशित ८८ पृष्ठ रहेको यस सङ्ग्रहमा ५,७, ५ को २१६ वटा र २,५,२ को संरचनामा १२ वटा गरी जम्मा २२८ वटा हाइकु रहेको छन् । उक्त हाइकुहरू वि.सं. २०६८ देखि २०६९ अर्थात् दुई वर्षको अन्तरालमा लेखिएका हुन् भने सङ्ग्रहका हाइकुहरू स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा पूर्व प्रकाशित भइसकेका छन् ।
प्रस्तुत हाइकु सङ्ग्रहमा सामाजिक विवृmति, विसङ्गति, राष्ट्र, राष्ट्रियता, प्रवृmति प्रेम, मानव प्रेम, भष्ट्रचार, व्यङ्ग्य चेत, प्रेमप्रणय, पीडा आक्रश, कुप्रथा, कुसंस्कार, संयोग वियोगजस्ता भाव मिसिएका छन् ।
आफ्नै जीवनका भोगाई, अनुभव र अनुभूतिलाई लिपबद्घ गरेको सङ्ग्रहमाथि महानन्द ढकाल, सृजन लम्साल, प्रेमप्रकाश मल्ल ‘मधुकर’ र डा. निरञ्जन आचार्यहरूले वृति माथि गरेको विश्लेषणले गर्दा हाइकुकार र हाइकुलाई बुझ्न झनै सजिलो भएको छ ।

हाइकुकार बद्री ढकाल ‘हिरामणि’ले प्रस्तुत सङ्ग्रहको नामाकरण ‘दामकोट पूजा’ शीर्षकमा राखिएको छ । सङ्ग्रहमा समाबिष्ट शीर्षकलाई नियाल्दै जाँदा ती तीनवटा हाइकुमा पुस्तकको नामको शीर्षक लेखेको देखियो । तीनवटै हाइकुमा प्रयोग गरिएको भावको सन्देश भिन्न भिन्न देखिन्छ । एउटा हाइकुमा पैसालाई राजनीतिसँग र अर्को हाइकुमा धर्मसँग जोड्ने प्रयास गरिएको छ । सङ्ग्रहमा राखिने हाइकुको शब्द वा भाव मिल्न सक्छ एक–अर्को हाइकुमा तर सिङ्गो हरफ नै उस्तै उस्तै हुनु हुँदैन । तसर्थ यहाँ उनी चुकेको देखिन्छ । हेराैँ ती हाइकु :

सामाग्री सजा
मान्छे, बाजा र भोज,
दामको पूजा !

नेताको त्याग
गरीवका गई भुजा
दामाको पूजा !

टीका रामको
भजन राधिकाको
पूजा दामको !

शिक्षण पेशा मार्यादित पेशा हो । काँचो माटोलाई आकार निर्माण गर्ने काम एक कुशल भाडा बनाउने अर्थात कुमालेले गर्दछ । त्यस्तै गरी बच्चाको भविष्य निर्धारण गर्ने काम शिक्षकले गदर्छ । शिक्षकलाई बलिरहेको मैनबत्ती, नदीमा डुङ्गा चलाउने माझी, गाडी हाक्ने ड्राइभर आदि विभिन्न कथनसँग जोडिएको छ । दिन र रात मेहनती बनेर लाग्दै गर्दा शिक्षा क्षेत्रमा देखिएको विवृmतिलाई उनले हाइकुमा लिपिबद्घ गर्न पनि भ्याएका छन् :

स्कूलमा नेता
भद्रगोल समिति
सुधार्नु खाचो ।

स्कूले पढाई
बाल मैत्री शिक्षक
गोरू चुर्टाइ ।

शिक्षक पेशा
सय दिन पढाई
विदाको बिदा

स्रोत व्यक्तिका
स्कूलमा मनपर्दी
जी.शि.का. मौन ।

बैंशको बेला नव युवा–युवतीहरूको मनमा काउकुती लाग्नु स्वभाविकै हो । मान्छेको जीवनलाई निरन्तरता दिनुका लागि मायाप्रेम जोडिन आउँछ । दुई आत्माबीच विश्वास जगाएर प्रेमिल जोडी हुन आतुर हुन्छन्– बैँशालु मनहरू । त्यही समयमा मन नै चोरेर प्रेमको प्रस्ताव निर्धक्कसँग यसरी राखिन्छ :

नव युवती
अधर स्पर्श गर्दै
प्रेम प्रस्ताव !

सुख, दुःखको अनुभूति नै मान्छेको जीवन हो । सुख प्राप्तिले मान्छेको जीवन आनन्ददायी हुन्छ भन्ने पनि हुँदैन । दुःख भन्दा सुखको पीडाले मान्छेलाई मर्नु र बाँच्नको दोसाँधमा पुर्याराइदिन्छ जीवनलाई । हामी विश्राममा पल्टेको बेला भुसुक्कै निद्रा लागेपछि सपना देख्छौँ । सपना देख्नु निद्राले साथ दिनु हो । सपना सुख र दुःख दुवै प्रवृतिका हुन सक्छन् । सपना देख्नका लागि निद्रा आउनु पर्दछ । सबै मान्छेलाई निद्रा आउँदैन । निद्रा नआएपछि सपना देख्ने त कुरा नै भएन । निद्रा नलाग्दामा :

मेरो सपना
निद्रामा आउँदैन
निदै लाग्दैन ।

मान्छे जन्मदा नै पाप लिएरसँग आएको हुन्छ । बाँच्नका लागि हामी विभिन्न प्रकारका खाने कुरा खान्छौ । साकाहारी भनौँ वा मांसहारी । खानेकुरा प्राप्तिका लागि बस्तुको अन्त्य गर्नु नै पर्छ । अन्त्य गर्नु भनेको नै हत्या अर्थात् छुटकारा गर्नु हो । पृथ्वीको भूमिमा हामी हिँड्ड्ल गर्छौं । हाम्रो पैतलाले कुल्चेर किराफट्याङ्ग्रा र आँखाले देख्न नसक्ने जीवाणुको मृत्यु हुन्छ । अपत्यारिलो पापको भार बोकिराखेका हुन्छौँ अप्रत्यक्ष रूपमा । मनुष्य जीवन चव्रmमा स्वार्थले घेरिएको हुन्छ । स्वार्थ मात्र थोरै र धेरैमा अन्तर हो । स्वार्थ नै पाप हो । पाप अन्त्य गर्दै धर्म प्राप्तिका लागि धर्मकर्ममा लिप्त हुन्छौँ । भगवानलाई धूप, अक्षता नैबेध चढाउँछौँ । पशु बलि दिन्छौँ । ब्रत बस्छौँ । स्नान गर्छौं । ब्राम्हणलाई दानदक्षिण, टीकाटाला गर्छौं । देखावटी रूपमा धार्मिक गतिविधिमा संलग्न हुन्छाँै तर मान्छेको आचरण शुद्व हुँदैन । सदैव आफूले गरेको पापको कामले गर्दा मनमा त्रास बाँचुन्जेल रहिनै रहन्छ भन्ने भावः

पाप मोचन
धूप, अक्षता लाख
मनमा त्रास ।

धर्मको नाममा पशु बध गर्नु एक प्रकारको धार्मिक विकृति :
खुकुरी रेट्दै
मुखमा राम राम
बोकाको बली ।

निरकुंशताले सीमा नाघ्छ तब बिद्रोहका कारण सत्ता परिवर्तन हुन्छ । उदाहरणको रूपमा हाम्रो मुलुकमा पटक पटक देख्दै आएका छौँ । वि.सं. २००७ देखि २०६२÷०६३ सम्म भएका अनेकौँ जनआन्दोलन स्वतन्त्रताका लागि धेरै जनताले वीरगति प्राप्त गरे । सहिदको रगतले साटेर ल्याएको गणतन्त्र घोषणा भयो । तर गणतन्त्र संस्थागत हुन सकेको छैन भनी बद्री ढकाल ‘हिरामणि’ भन्छन् :

नेता सस्कार
गणतन्त्र घोषणा
ठोस रूप खै ?

जनआन्दोलनको उपलब्धि रह्यो– गणतन्त्र । गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाको निर्वाचनद्वारा संविधान निर्माणतर्फ राज्य केन्द्रिवृत भयो । नयाँ प्रवृया अनुसार संविधान सभामा प्रतिनिधित्व गर्ने भए । प्रत्यक्ष र समानुपातिक विधिबाट । हाम्रो मुलुक सानो भए तापनि दलीय नेताहरू मिलेर बाक्लै सङ्ख्यामा सांसदहरूको सङ्ख्या राख्ने सहमति गरे । समावेशी प्रतिनिधित्वले गर्दा सांसद पद नै सस्तो हुन गयो । रूपैयाँ पैसामा नै सासद पद खरिद बिव्रिm भएको भन्ने व्यङ्ग्य :

नेपाल देश
संविधान सांसद
मोलमोलाई ।

नेपालको संविधान जारी भई कार्वान्वयनतर्फ उन्मुख छ । बैज्ञानिक ढङ्गबाट बनेको कानुन सबैलाई मान्य नै छ । नेपाली समाज पितृसत्मक तरिकाले चल्दै आयो लामो समयसम्म पनि । महिलाहरूलाई तेस्रो दर्जामा राख्ने गरिन्थ्यो । महिलाहरू भनेको चुलो चौकामा सीमित हुनाका साथै बच्चा उत्पादन गर्ने औजारको रूपमा लिइन्थ्यो । पिँजडाको सुगाजस्तै महिलाले जीवन जिउनु पर्दथ्यो । मुलुकको शासन शैली परिवर्तन भएको छ । महिलाको हक अधिकार सुरक्षित गर्ने प्रत्याभूति कानुनमार्फत कडाईका साथ लागु गर्ने नीति तय भएको छ । पूरूषले एक भन्दा बढी आइमाईलाई श्रीमतीको रूपमा ग्रहण गर्न पाउने छैन । कानुनले बन्देज गरेका गतिविधिले प्रसय पाएको खण्डमा लोग्ने मान्छे र कान्छी श्रीमतीलाई कानुनले दण्ड सजाएको व्यवस्था गरेको छ । यसरी समाजलाई सचेत गराउने हाइकु :

दूइटी बूढी
चौकी र अदालत
मेरो हालत ।

आजका नारी
पिँजडाभित्र सुगा
देखि सहन्न !

राजनीतिले संस्कारको विकास गर्ने हो । संस्कारका कारणले नै गर्दा आम नागरिकले आफ्नो दायित्वको जिम्मेवारी बहन गरी समय गतिशील बन्दछ । समग्र रूपमा राज्यलाई सही ढङ्गले गतिदिनका लागि राजनीतिले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । राजनीतिको मूख्य धेय नै राज्यलाई समृद्घितर्फ उन्मुख गराउनु नै हो । हाम्रो देशको सन्दर्भमा गतिलो भिजन र मिसन नभएका नेता तथा दलको अभाव खड्किएको छ । दलका नेताको व्यबहारिक आचरण असल नभएका कारणले गर्दाले नै समाजमा अनेकन गैरकानुनी घटनाहरूले प्रशय पाएको छ । राजनीतिले ल्याएको बिकृति र बिसङ्गतिलाई हाइकुकारले हाइकुमार्फत आव्रmोश यसरी पोखेका छन् :

चोर जेलमा
डाका चै कुर्ची माथि
ए ! राजनीति !

बेरोजगारी समस्याले गर्दा हाम्रा देशका युवा पुस्ता बाक्लै रूपमा वैदेशिक रोजगारीका लागि विदेशिनु परेको छ । शिक्षित व्यक्तिहरू मुलुकमा नै रोजगारी, बन्द व्यापारमा लागेका छन् । समयको अभावले गर्दा युवाहरू राजनीतिमा दिलचस्पी राख्दैनन् । थोरै सङ्ख्यामा मात्र युवाहरू राजनीतिमा लागेका छन् । देशका सानादेखि ठूलो पार्टीहरूमा उमेरले डाँडा काट्न लागेका बृद्घ नेताहरूको सङ्ख्या बढी छन् र तिनीहरूको नै पार्टीमा बोलवाल चल्छ भन्ने भावको अभिव्यक्ति :

पार्टी ठूलै छ
विधान लेखे हुन्थ्यो
बूढा नेताले ।

बेरोजगारी अर्थात् आर्थिक अवस्था कमजोरी भएका युवाहरू ऋण गरेर भए पनि विदेशिनु पर्ने बाध्यता छ । नेपालको अधिकांश गाउँ युवाबिहीन भएको छ । बुढापाकाहरू जसोतसो दैनिकी चलाएर बसेका छन् । यथार्थ चित्रण गर्दै बद्री ढकाल लेख्छन् :

ऋण बोकेर
विदेश जानु पर्ने
वा आमा मर्ने ।

अन्त्यमा, लामो समयदेखि मोफसलमा बसेर साहित्य सिर्जनामा लागी पर्ने बद्री ढकाल ‘हिरामणि’को जापानी शैलीका हाइकुको वृmति ‘दामको पूजा’ नेपाली साहित्यमा आएको छ जुन स्वगत योग्य छ । हाइकु लेखनको मर्म र प्रयोग गरेका विम्ब कलात्मक देखिएको हुँदा हाइकुको ओज बढेको छ । तथापि, सङ्ग्रहमा रहेका केही हाइकुहरू दोरिनुका साथै व्याकरणीय त्रुटी पनि देखिएका छन् । अबका दिनमा यस्ता त्रुटीहरूलाई ध्यान दिनु पर्ने देखिन्छ । अगामी दिनमा पनि उनीबाट यस्ता वृmतिहरू जन्मिरहने आशा गर्न सकिन्छ । अहिले यत्ति नै ।

Share
  • 48
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *